इन्फो नेपाल — सञ्चारको सञ्जाल

जिप दुर्घटनामा गर्भवती र बालबालिकासहित १५ जना घाइते

लमजुङ — लमजुङको बेंसीसहरबाट मर्स्याङ्दी गाउँपालिका २, घनपोखरा भाचे जाँदै गरेको जिप दुर्घटना हुँदा गर्भवती र बालबालिकासहित १५ जना घाइते भएको प्रहरीले जनाएको छ । बुधबार साँझ ५ बजेतिर ग१ज ७४१७ नम्बरको जिप दुर्घटनामा परेर एक गर्भवतीसहित ६ महिला, ४ बालबालिका र ५ जना पुरुष घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार गम्भीर घाइते मर्स्याङ्दी गाउँपालिका २ की ५३ वर्षीया इन्द्रदेवी घलेलाई नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ । घाइते हुनेमा मर्स्याङ्दी ६ का २५ वर्षीया करिना सुनार, उनका २ वर्षीय छोरा रिजन विक, २५ वर्षीय सोमनाथ विक र २३ वर्षीय मिलन विक छन् । यस्तै, मर्स्याङ्दी २ का ४ वर्षीया कृतिका विक, ५६ वर्षीया सुनमाया गुरुङ, गर्भवती १९ वर्षीया रेखा विक, ३४ वर्षीया शिवकुमारी गुरुङ, उनका २ वर्षीय छोरा रियन्स गुरुङ र ३० वर्षीया मनु विक छन् । मर्स्याङ्दी २ कै ३३ वर्षीय शेषबहादुर गुरुङ, ५२ वर्षीय चित्रबहादुर गुरुङ, ३१ वर्षीय बुद्धिबहादुर गुरुङ र ७ वर्षीय राजिप गुरुङ छन् । उनीहरु सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक मर्स्याङ्दी गाउँपालिका २ का २५ वर्षीय अजय विकले हाम फालेर ज्यान जोगाएको र उनी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । इन्सपेक्टर रेग्मीका अनुसार सडकबाट करिब २५ मिटर तल खोल्सामा खसेर जिप दुर्घटना भएको हो । उकालोमा व्याक गर्दा बढी लोडका कारण ब्रेक लाग्न नसकी जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

गोरखाको धार्चेमा सुक्खा पहिरो

गाेरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगर र ठाडो भर्‍याङको जंगल क्षेत्रमा सुक्खा पहिरो खसेको छ। आज (शनिबार) बिहान करिब ८ बजेतिर त्यस क्षेत्रमा सुक्खा पहिरो गएको हो। ​पहिरो…

इन्फो डेस्क

बाढीपहिरोपछि सुस्ताएको मुस्ताङको पर्यटन दशैँ लगत्तै लयमा फर्कियो

काठमाडाैँ । रसुवाको बाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकमार्ग खुलेसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दशैँअघि सुनसा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

बाढीपहिरोले तहसनहस बेनी–दरवाङ–मुना सडक, पुनर्निर्माणमा सात करोड

बाबियाचौर । गत असोजमा आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले पश्चिम म्याग्दीको प्रमुख यातायात मार्ग बेनी–दरवाङ–मुना सडकमा ठूलो क्षति पुर्‍याएको छ। सडकका विभिन्न खण्डमा पहिरो खस्ने,…

इन्फो नेपाल संवाददाता