इन्फो नेपाल — सञ्चारको सञ्जाल

जिप दुर्घटना हुँदा ,एकैघरका दुई दाजुभाइको मृ´त्यु

सुनसरी / आज बिहान इलामको मेची राजमार्गमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृ´त्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको छ । मेची राजमार्गको रोङ गाउँपालिका-४ स्थित पहिरोमा पिकअप दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका-४ बस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृ´त्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । परिवारका अनुसार दुवै दाजु भाइ हुने भने दुवै दाजुभाइ विशेष कामले बिहीबार बिहानै इलाम गएका थिए । जिप चालक मेचीनगर-४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घा´इते भएको छन् । उनलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क