इन्फो नेपाल — सञ्चारको सञ्जाल

जुनियरतर्फको खेलमा वडा नम्बर ११ फाइनल प्रवेश

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौ संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत जुनियरतर्फको खेलमा वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १२ लाई २–१ गोलले हराउँदै वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गरेसँगै ११ नम्बरले उपाधीका लागि वडा नम्बर १ र १० बीचको विजेतासँग खेल्नेछ । वडा नम्बर १ र १० बीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिता अन्तर्गत सिनियरतर्फको सेमिफाइनल समीकरण पुरा भएको छ । बिहिबार भएको खेलमा ९ नम्बर वडाले ८ नम्बर हराएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । ८ नम्बर वडालाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै ९ नम्बर सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनल प्रवेश गरेको ९ नम्बरले फाइनल प्रवेशका लागि शनिबार ३ नम्बर वडासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै शुक्रबार फाइनल प्रवेशका लागि सिनियरतर्फ वडा नम्बर ४ र ५ बीच प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत प्रतियोगितामा सिनियरतर्फ ७ टिम र जुनियरतर्फ ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता सिनियर र जुनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क