इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापाको चाउचाउ उद्योगमा आगो लागेको १२ घण्टा पछि नियन्त्रणमा

सुनसरी / झापाको मेचीनगर नगरपालिका वडा नम्बर -१४ दुहागढीमा रहेको मगमग चाउचाउ कारखाना आगलागी भएको झण्डै १२ घण्टा पछि नियन्त्रणमा आएको छ । मनषा थाईफुड्सले उत्पादन गर्दै आएको चाउचाउ उद्योगमा आज बिहान साढे ४ बजेदेखि उद्योगमा आगो लागेको थियो भने आज बेलुका ४ बजेतिर मात्रै नियन्त्रणमा आएको छ । अहिले पनि नियन्त्रणका क्रममा प्लास्टिकतिर झिल्का झिल्लीहरू छुटेको हुन सक्ने हुनाले त्यसका लागि तीन वटा दमकल तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । आगलागीका कारण सिङ्गो कारखाना र कारखानाभित्र रहेका कच्चापदार्थ , उत्पादित सामान र मेसिन जलेर पुर्णरूपमा नष्ट भएको उद्योगका सञ्चालन बुद्धि घिमिरे बताए । आगलागीबाट भौतिक संरचना र कच्चापदार्थ , मेसिन लगात उद्योगका बस्तु जलेर नष्ट भएको छ । १ अर्ब रूपैयाँ बराबरको क्षति भएको हुनसक्ने सञ्चालनका घिमिरेले अनुमान गरे पनि यकिन तथ्यांक भने आइसकेको छैन । मनषा थाइफुड्सले चिज बल्स मगमग लगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए । ठूलो सङ्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क