इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापा र ताप्लेजुङको छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

सुनसरी / झापा र ताप्लेजुङको छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको शिबसताक्षी नगरपालिका -९ को आइतबारे बस्ने सुष्मा सुन्दासकी छोरी ११ बर्षीया एन्जिला सुन्दास रशिबसताक्षी नगरपालिका -९ मा बस्ने धुर्व राईको छोरा १२ वर्षीय सिकुम राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । स्कुलबाट घर फर्केर कन्काई सिँचाई नहरमा पौडी खेल्न गएको बेला बेपत्ता भएको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी माईधार र इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोलिइ खोजतलास गर्ने क्रममा सताक्षी खोलामा दुबैजना मृत अवस्थामा फेला परेका थिए । यसैगरी, ताप्लेजुङको पाथीभरा याङबरक गाँउपालिका - ४ डुम्रिसे बस्ने २१ वर्षीय रोशन तामाङको सिवानी हाइड्रो पावरमा लैजान लागेको, जम्मा गरेको पानीको ड्याम ( इनटेक) मा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । तीनै घटनाको विषय प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क