इन्फो नेपाल — सञ्चारको सञ्जाल

झोलुङ्गे पुलको जिल्ला बागलुङमा थपिए १० झोलुङ्गे पुल

बागलुङ-बागलुङमा १० वटा झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८-७९ मा जिल्लाभर १० झोलुङ्गे पुल निर्माण भएको हो । बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा पाँच वटा पुल निर्माण भएका छन् । गत वर्ष निर्माण सम्पन्न गर्न जिल्लाभर ३३ वटा झोलुङ्गे पुलको सर्वेक्षण गरिएको थियो । बिवैसीका झोलुङ्गे पुल कार्यक्रमका संयोजक प्रेम केसीले सर्वेक्षण गरिएकामध्ये १० वटा झोलुङ्गे पुल मात्रै सम्पन्न भएको जानकारी दिए । ढोरपाटन–२ सिमलचौर, ढोरपाटन–७ को पाण्डेरी र ढोरपाटन–९ को रसिवाङ, बरेङ–२ को कौला, बरेङ–१ को दोभानखोला, ताराखोला–२ को दोभान, ताराखोला–३ को निस्दीखोला, ताराखोला–३ को सादी, ताराखोला–४ दोगडी खोला र ताराखोला–५ मोमघाट खोलामा पुल निर्माण भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको झोलुङ्गे पुल क्षेत्रीय कार्यक्रमले स्थानीय तहले पुलको योजना छनोट गरी कार्यान्वयन गरेको हो । नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार बाग्लुङमा पुल निर्माणका लागि सस्पेन्सन ब्रिज सपोर्ट युनिट (टिभिएसयू) र पीटीएपी पोखराले प्राविधिक सहयोग गरिरहेको केसीले जानकारी दिए । टिभिएसयूले स्थानीय तहसँग समन्वय गरी पुलका काठ र फलामका सामग्रीको व्यवस्थापन र वितरणमा काम गर्छ । कार्यक्रम संयोजक केसीका अनुसार १२० मिटरसम्मको पुल उपभोक्ता समितिमार्फत र त्योभन्दा लामो पुल व्यवसायीमार्फत बनाइनेछ । झोलुङ्गे पुल बनेको बागलुङमा थप पुल बनेपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । पुल निर्माणका लागि संघीय सरकारले सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । झोलुङ्गे पुल निर्माणमा कुल बजेटमध्ये पुल क्षेत्र कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको लगानी १३ प्रतिशत र सार्वजनिक योगदानको २ प्रतिशत खर्च भइरहेको केसीले जानकारी दिए । पुल रणनीति २०६२ अनुसार जिल्लामा निर्माण कार्य जारी रहेको तथ्यांकअनुसार जिल्लामा २०७६ भदौसम्म ४५३ पुल निर्माण भएका छन् भने दुई वर्षमा निर्माणाधीन ३३ पुलमध्ये १० वटा निर्माण सम्पन्न भएका छन् । कार्यक्रम संयोजक केसीले चालु आर्थिक वर्षमा २५ वटा पुल निर्माण गरिने बताए । गत वर्ष सबै पुलको सर्वेक्षण गरिएको थियो । चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई, काठेखोलामा तीन, ताराखोलामा तीन, निसीखोला गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा सात र जैमिनी नगरपालिकामा पाँच पुल निर्माण हुनेछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क