इन्फो नेपाल — सञ्चारको सञ्जाल

टम्ब्लरमा आफ्नो नाङ्गो फोटो पोस्ट गर्न सकिने

काठमाडौं । माइक्रोब्लगिङ साइट टम्ब्लरमा अब पुनः आफ्नो नाङ्गो फोटो राख्न पाइने भएको छ । चर्काे विरोध भएपछि यस प्लेटफर्मले सन् २०१८ मा अ'श्लील फोटोहरूमाथि प्रतिबन्ध लगाएको थियो । कम्पनीले यही साता नयाँ गाइडलाइन्स सार्वजनिक गर्दै प्रयोगकर्ताले अ'श्लील तथा यौ'नजन्य सामग्री शेयर गर्न पाउने व्यवस्था ल्याएको हाे । तर, यस प्लेटफर्ममा अ'श्लील भिडिओ शेयर गर्न भने पाइने छैन । यदि तपाईँले लामो समयसम्म टम्ब्लर अकाउन्ट डिएक्टिभेट गर्नुभएको थियो भने अकाउन्ट एक्टिभेट गर्दा नयाँ नियम आत्मसात् गर्नुपर्ने छ । प्रयोगकर्तालाई टम्ब्लरले अ'श्लील सामग्री शेयर गर्न केही सीमा तोकेको छ । गत सेप्टेम्बरमा टम्ब्लरले आफ्नो प्लेटफर्ममा 'कम्युनिटी लेबल्स' घोषणा गरेको थियो, जसका माध्यमबाट प्रयोगकर्ताले आफ्नो फिडमा कस्तो कन्टेन्ट हेर्ने भनेर मिलाउन सक्थे । यो साता भने अ'श्लील वा यौ'नजन्य सामग्रीमा रुचि नभएका प्रयोगकर्ताका लागि पोस्ट फिल्टर गर्नसक्ने फिचर उपलब्ध गराएको छ । यदि यौ'नजन्य सामग्री वा अ'श्लीलतातर्फ रुचि भएमा आफ्नो ट्यागमा 'म्याच्युअर' वा 'सेक्सुअल थिम' राख्नुपर्ने कम्पनीले जनाएको छ । टम्ब्लरको नयाँ नीतिअनुसार पोस्टको लिङ्क वा एडल्ट एड्ससँग सम्बन्धित विज्ञापन राख्ने प्रयोगकर्ता वा कम्पनीलाई प्लेटफर्मबाट हटाइने छ । सन् २०१८ मा उक्त प्लेटफर्मबाट न्युडिटी (नङ्ग्नता) माथि प्रतिबन्ध लागेसँगै तीन चौथाइ प्रयोगकर्ता उक्त प्लेटफर्म छोडेर बाहिरिएका थिए । हाल यस प्लेटफर्ममा १३ करोड ५० लाख बढी सक्रिय मासिक प्रयोगकर्ता रहेका छन्, जसमध्ये २५ वर्षभन्दा कम उमेर समूहका मात्रै ४८ प्रतिशत भन्दा धेरै छन् ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता