इन्फो नेपाल — सञ्चारको सञ्जाल

टर्कीमा गएको भूकम्पका कारण १७ सय जनाभन्दा धेरैकाे ज्यान गयाे

एजेन्सी - टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा एक हजार सात सय ९७ जना पुगेको छ । अहिलेसम्म भूकम्पको केन्द्रविन्दु रहेको टर्कीमा एक हजार १४ जना र र छिमेकी देश सिरियामा सात सय ८३ जना गरी कम्तीमा एक हजार सात सय ९७ जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । भूकम्पका कारण भत्किएका संचरनाको भग्नावशेषमा खोजी भइरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै देशमा गरी छ हजार जनाभन्दा धेरै घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको सीएनएनले जनाएको छ । टर्कीमा स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो १ बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । दिउँसोको भूकम्पले खोजी र उद्धारमा थप समस्या भएकाे छ । अरू कैयौँ परकम्पहरू गइरहेका बीबीसीले जनाएको छ । टर्कीले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । यसैबीच अमेरिकाले विपद्का विवरणबाट आफू चिन्तित रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पुर्‍याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ । बेलायत र रोमानियाका खोजी तथा उद्धारकर्ताहरू उद्धार कार्यमा सघाउन निस्किसकेका छन् । फ्रान्स र जर्मनीसहितका देशले सहयोग गर्ने बताएका छन् । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो । सन् १९९९ मा उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क