इन्फो नेपाल — सञ्चारको सञ्जाल

टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम ट्रेल भ्रमणको आयोजना गर्ने

भोजपुर- पर्यटकीय क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नो गाउँपालिकामा पर्यटन प्रबद्र्धनका लागि मुन्दुम ट्रेल भ्रमणको आयोजना गर्ने भएको छ । गाउँपालिकाले सन् २०२५ अर्थात आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको छ । त्यसका लागि गाउँपालिकाले मुन्दुम ट्रेल भ्रमण २०२५ को आयोजना गर्ने भएको छ । जसका लागि गाउँपालिकाले आफ्नो पालिकासँग जोडिएका अर्थात मुन्दुम ट्रेलसंग जोडिएको स्थानीय तहसँग समन्वय गर्दै मुन्दुम ट्रेल भ्रमणको आयोजना गर्ने निर्णय गरेको हो । जसमा खोटाङको साकेला, रुपाकोट र केपीलासढी गाउँपालिका, भोजपुरकै सालपासिलिछो, भोजपुर नगरपालिका, सडानन्द नगरपालिकासँगको समन्वयमा गाउँपालिकाले १ लाख पर्यटक भित्राउने योजना बनाएको गाउँपालिका सरोज अध्यक्ष बस्नेतले बताए । प्रचुर पर्यटकीय संभावना भएको गाउँपालिकामा पर्यटन विकास र प्रबद्र्धनका कार्यक्रमलाई आफुले प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष बस्नेतले बताए । मुन्दुम ट्रेल भ्रमण सफल बनाउन गाउँपालिका र नगरपालिकाहरुको सहभागितामा मूल ब्यवस्थापन समिति समेत गठन गरिएको छ । त्यस्तै, ट्रेलको पुर्वाधार निर्माणको लागि प्रदेश सरकार र केन्द्र सरकारलाई संयुक्त प्रस्ताव पेश गर्ने निर्णय गरिएको छ । यो सँगै गाउँपालिकाले पर्यटन प्रबद्र्धनका लागि अन्य कार्यक्रम सञ्चालन गर्ने र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । आफ्नो पालिकालाई पर्यटनकै माध्यमबाट समृद्ध बनाउन सकिने संभावना रहेकाले आफुले त्यसतर्फ ध्यान दिईरहेको गाउँपालपका उपाध्यक्ष रमादेवि राईले बताइन् । मध्ये पहाडी राजमार्गले समेत छोएको यस गाउँपालिका पर्यटकीय हिसावले अत्यन्तै सुन्दर र संभावना बोकेको गाउँपालिका हो । गाउँ क्षेत्रबाट पश्चिम तर्फ रहेको टम्के डाँडो, सेल्मे डाँडा, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडा लगाएत मजुवा पोखरी, हास पोखरी, मैयुङ डाँडा, महिभर झरना, सावा झरना, पन्ची झरना, माक्सा झरना तथा तावा भञ्नज्याङ टेम्केमैयुङ गाउँपालिकाको पर्यटकीय गन्तब्यहरु हुन् ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते