इन्फो नेपाल — सञ्चारको सञ्जाल

डा. बाबुराम भट्टराईको पार्टी विघटन (सूचना हेर्नुस्)

काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा खुलेको नयाँ शक्ति पार्टी विघटन भएको छ। भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी गठन भएको थियो । सो पार्टी पछि तत्कालीन समाजवादी फोरमसँग २०७६ वैशाखमा एकीकरण भयो । एकिकरण पछि समाजवादी पार्टी निर्माण भएको थियो। उक्त पार्टी पछि राजपासँग मिलेपछि जसपा बनेको थियो। भट्टराई अहिले जसपा संघीय परिषद अध्यक्ष छन्। तर एकताका बेला असन्तुष्ट पक्षले नयाँ शक्तिलाई निरन्तरता दिँदै आएका थिए। रविकिरण हमालको नेतृत्वमा नयाँ शक्ति अस्तिस्वमा थियो। हामीले नयाँ शक्ति पार्टीलाई विघटन गर्ने निर्णय गरेका छौं। मृत्यु भनेको पुनर्जन्म हो। हामी अझै बढी जिम्मेवारीपूर्वक, परिपक्कता र ऊर्जासहित राजनीतिमा उपस्थित हुनेछौं,’ रविकिरणले सोमबार पार्टी विघटन गरिएको भन्दै निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ। २०७३ जेठ ३० मा दशरथ रंगशालाबाट भट्टराईले नयाँ शक्ति पार्टी खोलेका थिए। त्यसबेला पार्टीमा देखिएको जनलहर, विश्वास र आवद्धतालाई बचाउन नसकिएको रविकिरणले स्वीकार गरेका छन्। ‘यसको प्रमुख जिम्मेवारी तत्कालीन संयोजक बाबुराम भट्टराईलाई केही अंश छाड्दै म स्वयम आफैँ लिन चाहन्छु,’ उनले भनेका छन्, ‘हाम्रा विचार आमनागरिकलाई बोध गराउन नसक्नु र तुरून्तै शक्ति आर्जन गर्ने अभिलाषा पाल्नु दुई कारणले हामीले नयाँ शक्तिलाई स्थापित गर्न सकेनौं।’

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क