इन्फो नेपाल — सञ्चारको सञ्जाल

डेटासम्बन्धी निःशुल्क तालिम दिँदै ‘कोड फर नेपाल’, यसरी हुनुहोस् सहभागी

काठमाडौं । ‘कोड फर नेपाल’ ले डेटा सम्बन्धी निःशुल्क तालिम प्रदान गर्ने भएको छ । नेपाली युवाहरूलाई डेटा सम्बन्धी सीप सिकाउने तथा रोजगारी प्रदान गर्ने उद्देश्य सहित संस्थाले तीन महिना लामो फेलोशिप सञ्चालन गर्न लागेको हो ।

फेलोशिपले यस वर्ष चार सय नेपालीहरूको डेटा सीप विकास गरी उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य संस्थाको छ । ‘कोड फर नेपाल’ ले नेपालमा डिजिटल साक्षरता प्रवर्द्धन गर्दै आएको छ । ओपन डेटाको प्रयोग बढाएर नेपाललाई जटिलरूपमा सशक्त बनाउने उद्देश्य सहित सन् २०१४ मा स्वयंसेवकहरूको संस्थाको रुपमा यसको स्थापना भएको हो ।

कोड फर नेपालले डेटाक्याम्पको सहकार्यमा यस फेलोशिप सञ्चालन गर्न लागेको हो । यस फेलोशिपका प्रत्येक सहभागीले ३९९ अमेरिकी डलर बराबरको प्रिमियम डाटाक्याम्प सदस्यता प्राप्त गर्नेछन् । साथै उनीहरूले रोजगारीका विभिन्न अवसरहरू पनि प्राप्त गर्ने आयोजकले जनाएको छ ।

फेलोशिप चार चरणमा सम्पन्न हुनेछ । जसमा डेटाक्याम्प कोर्स, असाइनमेन्ट, सफ्ट स्किल्स डेभलपमेन्ट, र सपोर्ट रहेको छ । त्यसमध्ये डाटाक्याम्प कोर्स अन्तर्गत सहभागीहरूले आफ्नो डेटा र डिजिटल सीपहरू वृद्धि गर्ने जनाइको छ ।

यो कोर्स तीन महिनाभित्र सक्नुपर्नेछ। त्यसपछि असाइनमेन्ट अन्तर्गत सहभागीले असाइनमेन्टलाई ब्लग पोष्ट, डेटा भिजुअलाइजेसन वा प्रकाशनयोग्य आउटपुटको कुनै पनि रूपमा पेश गर्नुपर्नेछ। यसरी प्रकाशन भएका प्रत्येक ब्लग पोष्टको ५ हजार रुपैयाँका दरमा प्रदान गरिने जनाइएको छ ।

नेपाल भित्र र बाहिर बस्ने सबै नेपालीले यस फेलोशिपका लागि आवेदन दिन सक्नेछन् ।  इच्छुक सहभागीहरूले यो फारम भरेर फेलोशिपका लागि भोलि बुधबारसम्म आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता