इन्फो नेपाल — सञ्चारको सञ्जाल

तपाईलाई कुनै केटीले मन पराएको यसरी थाहा पाउनुहोस्

भनिन्छ, महिलालाई चिन्नु असम्भव जस्तै कुरा हो । महिलाका सबै लक्षण तथा प्रतिक्रियाहरु अविश्वसनीय हुन्छन् । जसलाई छुट्याउनै सकिन्न । तसर्थ यदि कुनै केटीले आफुलाई मन पराइरहेको छ भन्ने कुरा कसरी थाहा पाउने ? मनोविज्ञहरुका अनुसार यस्ता केही लक्षणहरु छन् जसका आधारमा महिला आफुप्रति नतमस्तक भएको कुरा पुरुषले ठम्याउन सक्छन् । केटीले मन पराएको थाहा पाउने लक्षणहरु : – तुरुन्त प्रतिक्रिया दिएमा यदि कुनै केटीले तपाइँको मोबाइल म्यासेज, इमेल, ट्विट तथा फेसबुक म्यासेजको तत्कालै जवाफ दिन्छिन् । तपाइँको फोन कललाई बेवास्ता गर्दिनन् र फोन उठाउन नपाएमा माफी माग्दै लामो म्यासेज पठाउँछिन् भने बुझ्नुहोस् तपाइँले उनको मन पगालिसक्नुभएको छ । –असल मान्छेसँग तुलना यदि उनले कोही निकै राम्रो मान्छेसँग तपाइँलाई तुलना गर्छिन् भने वा कुनै असल मान्छेसँग तुलना गर्दै त्यो मान्छे ठ्याक्कै तपाइँजस्तै छ भन्ने गर्छिन् भने ढुक्क हुनुहोस्, तपाइँ उनको मनमा बसिसक्नुभएको छ । – केटीका साथीहरुले तपाइँलाई साथी बनाउन खोजेमा यदि कुनै केटीले तपाइँलाई मन पराइन् भने त्यो उनका साथीहरुलाई थाहा हुन्छ । त्यसपछि ती केटीका साथीहरुले पनि तपाइँलाई साथी बनाउन थाल्छन्, भेटेर होस् वा सोसल साइट मार्फत होस् । तर उनले आफ्ना केटी साथीहरुलाई तपाइँसँग पाँच मिनेटभन्दा बढि कुरा गर्न भने दिनेछैनिन् । – हात वा जिउ समाउन खोजेमा चाहे तपाइँ कुनै रेष्टुरेन्टमा बसिरहेका होस् वा बाटोमा हिँडिरहेको होस् उनी तपाइँसँग निकै नजिक आउँछिन् र हात वा जिउ समाउन खोज्छिन् ।भने पनि उनीले तपाईलाई मन पराएकी छिन् । – भूपु प्रेमिकाहरुका बारेमा जान्न चाहेम उनले तपाइँका भूपु प्रेमिकाहरुका बारेमा हरेक कुरा जान्न चाहन्छिन् । जसका कारण उनले तपाइँका मनपसन्द कुराहरु थाहा पाउन सकुन् । – तपाइँको सुखमा साथ दिएमा तपाइँको जन्मदिन होस्, तपाइँका बुवा आमाको विवाहको एनिभर्सरी वा जागिरमा पदोन्नती तपाइँलाई भन्दा उनलाई बढि चासो तथा खुसी हुन्छ । तपाइँको खुसीमा उनी कति धेरै खुसी हुन्छिन् भन्ने कुरा उनले सधै देखाउन चाहन्छिन् । –दिनभर नै तपाइँलाई दिक्क लागिरहेको छ भनेपनि तपाइँको मुहारमा खुसी भर्नका लागि उनी जेसुकै गर्न तयार हुन्छिन् । –तपाईंका हरेक कुराको याद राखेमा उनले तपाइँले भनेका हरेक कुरालाई ध्यान दिएर सुन्ने मात्र होइन तपाइँले उनीसँग गरेका साना भन्दा साना कुराको वृतान्त पनि याद गर्छिन् ।

सम्बन्धित समाचार

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्ल…

इन्फो नेपाल संवाददाता

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

काठमाडाैं । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् कि हिँडाइ शरीरलाई स्वस्थ राख्ने सबैभन्दा सरल, प्रभावकारी र प्राकृतिक उपाय हो। नियमित हिँडाइले मेटाबोलिजम सुधार गर्ने…

इन्फो नेपाल संवाददाता