इन्फो नेपाल — सञ्चारको सञ्जाल

तयार भयो चन्द्रमामा मानिस पुर्‍याउने विशाल रकेट, मानिस कहिले जाने भए चन्द्रमामा नासाले बोल्यो (भिडियो सहित)

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मानवसहित चन्द्रमामा पठाउन तयार गरेको विशाल रकेट प्रक्षेपण केन्द्रमा पुर्‍याएको छ। इञ्जिन जाँचका लागि स्पेस लञ्च सिस्टम एसएलएस भनिने उक्त यान फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्याड ३९बी मा लगिएको हो। जाँच सफल भए यो रकेट चन्द्रमामा मानवरहित परीक्षण क्याप्सुल लिएर जाने कामका लागि तयार हुने छ। तर त्यसका लागि अझै केही महिना लाग्ने छ। यो दशकको अन्त्यतिर अन्तरिक्षयात्रीहरू एसएलएसमा सवार भएर चन्द्रमाको सतहमा पुग्ने आकलन गरिएको छ। अन्तरिक्षयानलाई प्रक्षेपण केन्द्रमा लगिँदै गरेको दृश्य हेरेपछि नासाका प्रशासक बिल नेल्सनले “अन्तरिक्ष अन्वेषणको सुनौलो युगमा प्रवेश गर्न लागेको” बताए। “यो नयाँ सिमानामा पुग्ने तयारी गरिरहेको छ,” उनले भने। “यो पुस्ताले अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा पुर्‍याउने छ। हामीले पहिलो महिला र पहिलो अश्वेत व्यक्तिलाई चन्द्रमामा पुर्‍याउँदै छौँ।” उनले नासाको आर्टेमिस कार्यक्रमले मङ्गल ग्रहमा मानव पुर्‍याउने लक्ष्यका लागि फड्को मार्ने बताए। एक सय मिटर अग्लो भीमकाय एसएलएस १९६० र १९७० का एपोलो यानहरूभन्दा शक्तिशाली यान हो। अन्तरिक्षयात्रीहरूलाई पृथ्वीबाट टाढासम्म लैजान मात्र नभएर उनीहरूलाई लामो समयसम्म आवश्यक पर्न सक्ने उपकरण समेत यसले बोक्न सक्छ। केनेडीको भिइकल एसेम्ब्ली बिल्डिङबाट पहिलो पटक बिहीवार बाहिर निकालिएको थियो। यसलाई जडान कक्षबाट फ्लोरिडाको समय अनुसार साँझ ५:४७ बजे बाहिर निकालिएको थियो। मोबाइल लञ्चर भनिने ठूलो संरचनासहित यान बाहिर निकालिएको थियो। आफैँमा १२० मिटर अग्लो र ५,००० टन गह्रौँ यो संरचनाले यसअघि अरू अन्तरिक्ष यानहरू बोकेको थियो। यान बोकेको यो साधनले एक घण्टामा एक किलोमिटर दूरी मात्र तय गर्न सक्छ। यो साधन ६.७५ किलोमिटरको दूरी पार गर्दै लञ्च प्याडमा पुग्दा शुक्रवार बिहान ४:१५ भएको थियो। एसएलएसलाई आगामी एप्रिल ३ मा हुने भनिएको अक्सिजन सहितका सामग्रीहरूको परीक्षण ‘वेट ड्रेस रिहर्सल’का लागि तयार गरिने छ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता