इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउने कोसिस गर्नेछु’ - जेरी

काठमाडौं । लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले आजदेखि औपचारिक रुपमै सम्बन्ध विच्छेद गरेका छन् । उनीहरुले काठमाडौं जिल्ला अदालत पुगेर सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरुले ५ वर्षको प्रेम सम्बन्धलाई २०७६ साल माघ १ गते विवाहमा परिणत गरेका थिए । सम्बन्धविच्छेद गरे पछि बबिताले सामाजिक सञ्जालमार्फत आफ्नो भावना पोखेकी हुन् । उनीहरुका निकट साथीहरुले क्षेत्रीकै कारण सम्बन्ध विच्छेद भएको बताउदै आएका छन् । सम्बन्धमा खटपट आएलगत्तै क्षेत्री भन्दा जेरी निकै भावुक भएकी थिइन् । पछिल्ला समयमा सामाजिक सञ्जालमा राखेका स्ट्याटसले पनि उनको भावुकपन प्रष्टै बुझ्न सकिन्थ्यो । उनले लेखेकी छिन्,‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पा¥यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो ।’    

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क