इन्फो नेपाल — सञ्चारको सञ्जाल

तीव्र गतिमा रहेको कार दुर्घटना हुँदा इटहरीका राईको मृत्यु

इटहरी: तीव्र गतिमा गुडिरहेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु भएको छ । आइतबार राति ११ बजेतिर इटहरी–धरान सडकखण्डस्थित चारकोसेमा सेउती पुल नजिकै धरानबाट इटहरी आउँदै गरेको प्रदेश १–०२–००२ च ४१६० नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा कार चालक इटहरी उपमहानगरपालिका वडा नं. ४ बस्ने ३५ वर्षीय दुर्गा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कारमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बस्ने ३८ वर्षीय काशी चौधरी र संखुवासभाको मानेभञ्ज्याङ ३ बस्ने ३० वर्षीय उमेश पराजुली घाइते भएका छन् । उनीहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ । चालकको सवारी चालक अनुमति पत्रर मापसे नखुलेको र तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क