इन्फो नेपाल — सञ्चारको सञ्जाल

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता भोलिदेखि, ४ हजार बढी सहभागी हुने

हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ भोलि असार ३ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ । बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन भोलि दिउँसो ४ बजे हेटौँडा–६ स्थित गौरीटार अन्तर्राष्ट्रिय रङ्गशालामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम छ ।

प्रतियोगिता यसअघि जेठ २४ देखि ३० गतेसम्म गर्ने तयारी भए पनि आन्तरिक तयारीका कारण मिति सारिएको थियो । यद्यपि एथलेटिक्स विधाका खेलहरू असार १ गतेदेखि नै हेटौँडाको पिप्ले–क्याम्पा रङ्गशालामा सुरु भइसकेका छन् । प्रतियोगिताको समापन असार ९ गते हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले बताए ।

लामाका अनुसार प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियलको सहभागिता रहनेछ । प्रतियोगितामा करिब २ हजार ९ सय ५५ खेलाडी र १ हजार २ सय ६ अफिसियलसहित कुल ४ हजार १ सय ६१ जनाको सहभागिता रहने उनले जानकारी दिए । प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।

सदस्य सचिव लामाले यो प्रतियोगिता नयाँ प्रतिभा पहिचान, अनुभवी खेलाडीको क्षमता प्रदर्शन र आगामी दशौँ राष्ट्रिय खेलकुदको तयारीका लागि महत्वपूर्ण हुने बताए । उनका अनुसार खेलकुद पूर्वाधार पूर्ण रूपमा तयार नभए पनि उपलब्ध संरचना र स्रोतसाधनलाई व्यवस्थापन गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । उनले प्रतियोगितालाई खेलाडीको क्षमता देखाउने साझा प्लेटफर्मका रूपमा लिइएको बताए ।

प्रतियोगितामा १५ खेल विधा समावेश छन् । हेटौँडामा फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र टेबलटेनिस हुनेछन् । महिला क्रिकेट र कराँते चितवनमा तथा भलिबल, पौडी, उसु र जुडोका खेल काठमाडौँ र ललितपुरमा सञ्चालन हुनेछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क