इन्फो नेपाल — सञ्चारको सञ्जाल

तेह्रथुमको संस्कृति झल्काउने चोत्लुङ पार्क

सुनसरी : सङ्खुवासभा र तेह्रथुमका सिमानामा रहेको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको लिम्बू संस्कृति झल्काउने चोत्लुङ पार्क पर्यटकीय बनेको छ । चोत्लुङ पार्कमा लिम्बूहरुको संस्कार संस्कृतिसम्बन्धी सबै सामग्री सङ्ग्रहित गरिएको छ । एक पर्यटकीय स्थल चोल्लुङ पार्क भनेको छ । चोत्लुङ (सिद्धी प्राप्ति) पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । लिम्बू समुदायको मौलिकतासँग जोडेर ढुंगामात्र प्रयोग गरेर बनाइएको यो पार्क हेर्नका लागि दैनिक सयौं को संख्यामा पर्यटकहरु आउन थालेका छन् । पछिल्लो समय तिनजुरेमा लालि गुराँस फुलेको हेर्न आउने आन्तरिक पर्यटन यहाँ पुगेर जाने गरेका छन् । चैत बैशाख जेठमा यहाँ डकमक्क गुराँस फुलेर डाँडा काडा राताम्मे हुन्थ्यो अहिले भने यहाँ केही कमै मात्रामा गुराँस फुलेको छ । स्थानीयले बताउछन् गत सालको जस्तो अहिले गुराँस नफुलेको र गत सालमा आउने पर्यटन अहिले त्यति नदेखिएको बताए । यो पार्कको विभिन्न भागमा अग्ला अग्ला ढुंगाका स्तम्भहरु गाडिएका छन् । यसरी ढुंगा गाडिने परम्परा लिम्बू समुदायमा प्राचिनकाल देखि नै छ । लिम्बूहरुले जन्मदेखि मृत्यु पर्यन्तसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात् ढुंगा गाड्दछन् । यहाँ परम्परागत सामानको जगेना गरेर राखिएको सामान हेर्न पाइन्छ । घुमघाम र अध्ययनका लागि पनि यो पार्क बनेको छ । यस पार्क करिब ४०-४५ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते