इन्फो नेपाल — सञ्चारको सञ्जाल

'त्याे स्टेजमा गाउन पाउनु नै ठूलो कुरा हो'

काठमाडौं- भारतीय रियालिटी सो 'इन्डियन आइडल' बाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छिन्।आइतबार प्रसारित एपिसोडबाट उनी बाहिरिएको घोषणा गरिएको हो। मेनुका आइडलको टप १० भित्र मात्रै सिमित बनेकि हुन् । मेनुकाले आफू बाहिरिएसँगै सामाजिक सञ्जालमार्फत् हालसम्मको साथ र सहयोगका लागि सबैप्रति आभार व्यक्त गरेकी छन्। आइडलको यात्रा टुंगिए पनि आफ्नो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको उनले उल्लेख गरेकी छन्। 'मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ। म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत् सबैलाई मनोरञ्जन दिन सक्नेछु। यो मेरो सुरुवात हो, समाप्ति होइन', उनले लेखेकी छन्। फ्यानहरुलाई आफ्नो गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिनसमेत उनले आग्रह गरेकी छन्। यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेको उनको भनाइ छ।‘एकदमै खुसी लागिरहेको थियो। इन्डियन आइडलको अडिसनमा गाउन पाउनु नै ठूलो कुरा हो। यहाँसम्म आएर मैले गरेको मिहिनेत र दर्शकहरूको आर्शिवाद लागिरहेको छ। एकदमै खुसी छु’, उनले भनिन्। आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै उनले ‘सलार’ मा समावेश गीत समेत गाएकी थिइन्। इन्डियन आइडल सिजन १४ को सुरुवाती अडिसनबाट नै मेनुका चर्चामा थिइन्।

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता