इन्फो नेपाल — सञ्चारको सञ्जाल

दसैंमा मासु कति खाने, कसरी खाने ? यसो भन्छन् पोषणविद्

काठमाडौं- खासगरी दसैं भन्नेबित्तिकै मासु जोडिएर आउँछ । एक हिसालबे भन्ने हो भने दसैं र मासु पर्यायबाची जस्तै बनेको पाइन्छ । अघिपछि पसलबाट एकदुई किलो किनेर खाने गरे पनि दसैंमा घरघरमा खसीबोका काट्नै पर्ने मान्यता छ । यसै कारण मासु बढी भएर बिरामी पर्ने सम्भावना पनि हुन्छ । त्यसैले मासुका परिकार बनाउँदा र खाँदा ध्यान दिन आवश्यक हुन्छ । दसैंमा विभिन्न समुदायले आ-आफ्नो परम्परा अनुसार मासु पोलेर, भुटेर, झोल बनाएर खाने चलन छ । नेवार समुदायले भने छोइला, कचेला, सेकुवा, भुटनलगायत थुपै्र परिकार बनाउँछन् । दसैंको पाहुनालाई पनि मासु नै पकाएर सत्कार गरिन्छ । यी सबै परिकार खाने क्रममा एउटा व्यक्तिले दैनिक आवश्यक क्यालोरी भन्दा बढी खाइरहेको हुन्छ । चाडपर्वको नाममा मासु धेरै खाने चलन स्वास्थ्यका हिसाबले भने उचित हुँदैन । खानु नै परेमा भने शरीरलाई ठिक्क हुनेगरी खानुपर्ने चिकित्सकहरु बताउँछन् । कतिपय अवस्थामा राम्रोसँग नपाकेको मासु खाँदा पनि समस्या हुन्छ । नेवार समुदायमा चर्चित मासुका परिकार कचिला, छोइला, सेकुवा, भुटनजस्ता परिकार राम्ररी नपाक्ने हुँदा समस्या आउन सक्छ । राम्ररी नपाकेको मासु खाँदा मासुमा हुने हानिकारक जीवाणु मरेका हुँदैनन् । यी मासुसँगै मानिसको शरीरमा प्रवेश गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । ढंग मिलाएर खान जानेमा दसैं स्वस्थ, स्वादिलो र रमाइलो बन्छ । पोषणविद्का अनुसार हामीले प्रयोग गर्ने मासु पुरै स्वच्छ हुनुपर्छ । बजारबाट किनेको मासु हो ताजा छ या छैन भनेर किन्ने बेलामै ध्यान पुर्‍याउनु पर्छ । ताजा मासु रातो देखिन्छ भने बासी मासु रंग उडेको र छाम्दा गिलो हुन्छ । यस्तो मासु प्रयोग गर्नु हुँदैन । दसैंमा मासु सञ्चित गरेर राख्ने चलन छ । धेरै दिन मासु सञ्चित गरेर खानु राम्रो हैन । दसैंमा सुकुटी बनाएर राख्ने, एकैपटक पकाएर राख्ने र तताउँदै खाने चलन स्वास्थ्यका लागि हानीकारक हुन्छ । यसरी राख्दा मासुको स्वाद र भिटामिन नष्ट हुँदै जाने विज्ञ बताउँछन् । सुकुटी बनाउँदा मासुमा किटाणु जम्मा हुने, झिंगा भन्केर संक्रमित हुने, धुवाँ, धुलो जम्मा हुने, भिटामिन समेत नष्ट हुने, मासुको स्वाद बिगिने समस्या हुन्छ । पकाएर राखेको मासु तताउँदै खानाले पेटसम्बन्धी रोग लाग्ने स्वास्थ्यकर्मी बताउँछन् । मासुलाई राम्रोसँग पकाउन जानेमा सबै भिटामिन सुरक्षित हुन सक्छ । मासु प्रोटिनको राम्रो स्रोत हो । प्रोटिन, फलाम र फस्फोरस जस्ता खनिज तत्व पनि पाइन्छ । भिटामिन बी समुह फायमिन, नायोसिन र रिपोफेविन पाइन्छ । मासुलाई राम्रोसँग संरक्षण गर्न जानेन भने भिटामिन बी नष्ट हुन सक्छ तर प्रोटिन भने नष्ट हुँदैन । कलेजोमा फलाम र कार्बोहाइड्रेट पाइन्छ । हड्डीमा क्याल्सियम पाइन्छ । मासु गलाएर पकाएको खण्डमा क्याल्सियम पनि पनि प्राप्त हुन्छ । मासुको कुुर्कुरे हड्डीमा क्याल्सियम पाइने हुनाले हड्डीसहित गलाएर पकाउनु राम्रो हुन्छ । ताजा मासुलाई राम्रोसँग पकाउनु उत्तिकै आवश्यक छ । मासु टुक्रा पार्नुभन्दा अघि नै पखाल्नुपर्छ । टुक्रा पारेपछि सकेसम्म पखाल्नु हुँदैन । टुक्रा पारेर पखाल्दा मासुको स्वाद र भिटामिन खेर जान्छ । मासु आफै चिल्लो हुने भएकोले कम तेल राखेर सानो तापमा बिस्तारै छोपेर पकाउनु पर्छ । मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उचित मानिन्छ । शारीरिक श्रम गर्नेले भने ९० ग्रामसम्म खान सक्छन् । चाडपर्वका बेला मात्र खानेले २ सय ग्रामसम्म खाँदा असर गर्दैन । मिर्गौला, मुटु, कलेजो, मधुमेहका दीर्घरोगीले भने मासु सकेसम्म अत्यन्त कम खानु पर्छ । मासु बढी खानु स्वास्थको हिसाबले राम्रो मानिँदैन । नियमित रुपमा अधिक मासु खाएमा त्यसको असर तुरुन्त नदेखिए पनि पछि गएर पाचन प्रणाली, मुटु, मिर्गौला, कलेजोको रोग लाग्ने चिकित्सक बताउँछन् । रातो मासुमा कोलेस्ट्रोल हुने भएकोले खसीबोका, राँगाको मासु सकेसम्म कम खानु ठीक हुन्छ । यस्तो मासु नियमित खाँदा नसामा बोसो जम्मा भई मस्तिष्काघात र हृदयाघातको सम्भावना हुन्छ । मासु बढी खाँदा शरीरमा एन्टिअक्सिडेन्ट तत्व (एक प्रकारको बिषादी ) जम्मा भई पाचन प्रणालीका रोग लाग्छ । छालामा समेत असर गरी उमेर भन्दा पहिल्यै नै बुढो देखिने समस्या हुन्छ । त्यसैले सकेसम्म कुखुराजस्ता पन्छीको मासु र माछा खानु उपयुक्त हुने पोषणविद् सुझाउँछन् ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता