इन्फो नेपाल — सञ्चारको सञ्जाल

दिपक बहादुर सिंहले गरे हेटौँडा अस्पतालको अनुगमन

मकवानपुर : नव निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राप्रपा केन्द्रिय सदस्य दिपक बहादुर सिंहले हेटौँडा अस्पतालको अनुगमन गरेका छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट विजयी उमेद्वारहरुको लागी निर्वाचन कार्यलयले राखेको प्रमाणपत्र बितरण कार्यक्रम सकिए लगत्तै मकवानपुर निर्वाचन क्षेत्र न १ बाट विजयी दिपक बहादुर सिंह हेटौँडा अस्पताल पुगेका हुन् । हेटौँडा अस्पताल अनुगमन गर्दै सिंहले अस्पतालको बिकास नै आफ्नो पहिलो प्रथामिकता रहेको बताए । बागमती प्रदेशको राजधानीमा रहेको अस्पताल अझै पनि स्तरउन्नती नभएको देख्दा र उपचारका लागी जनताले दुख पाएको देख्दा आफुलाइ निकै दुख लागेको सिंहले बताए । “अस्पतालको स्तरउन्नतिको लागि आफ्नो कार्यकालभरी म निरन्तर लाग्ने बाचा गर्दछु” सिंहले भने । अस्पतालका लागि आवश्यक बजेट सरकारसङ्ग माग गर्ने पनि उनले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क