इन्फो नेपाल — सञ्चारको सञ्जाल

दुईदिन भित्र विद्यालयमा उपस्थित हुनु भन्दै शिक्षकहरूलाई वडा अध्यक्षको अल्टिमेटम  

मकवानपुर: सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयमा उपस्थित नभएकोमा दुईदिने भित्र उपस्थित हुनु भन्दै एक स्थानीय तहले सूचना नै जारी गरेको छ । शिक्षकहरूलाई २ दिने अल्टिमेटम दिदै बालबालिकाको संवैधानिक शिक्षाको अधिकार हनन नगर्न बागमती गाउँपालिका वडा नम्बर-८का अध्यक्ष ईन्द्र मणी तिमल्सिनाले अनुरोध गरेका छन्  । आन्दोलनको कार्यक्रम फिर्ता भइसके पनि वडा भित्र सञ्चालित ५वटा सामुदायिक विद्यालयका केही शिक्षकहरू विद्यालयमा उपस्थित नभएमा गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष तिमल्सिनाले बताएका छन् । नेपाल सरकार सँगको मागका सन्दर्भमा आन्दोलनको स्वरुप परिवर्तन गरी २ दिन भित्र उपस्थित भई विद्यालयमा पठनपाठनमा असर नपर्ने गरी रचनात्मक विरोधका कार्यक्रम गर्न अध्यक्ष तिमल्सिनाले निर्देशन दिएका छन् । वडा अध्यक्ष इन्द्र मणी तिमल्सिनाले जारी गरेको सूचनामा भनिएको छ "प्रस्तुत विषयमा संघीय संसद् सचिवालयमा दर्ता गरिएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक का सम्बन्धमा नेपाल शिक्षक महासङ्घले प्रेस विज्ञप्ति मार्फत अघि सरेका माग बारे माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित वार्ता समितिका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच मिति २०८०/०६/०५ गते सम्झौता भई आन्दोलनको कार्यक्रम फिर्ता भइसके पनि यस वडा भित्र सञ्चालित ५वटा सामुदायिक विद्यालयका केही शिक्षकहरू अझ सम्म पनि विद्यालयमा उपस्थित भई पठनपाठन कार्यमा संलग्न हुनु नभएको कुरा प्रति वडा नं. ८ को गम्भिर ध्यानाकर्षण भएको छ । बालबालिकाहरूको संविधान प्रदत्त शिक्षा पाउनु पर्ने मौलिक हक हनन् हुन पुगेकाले विद्यालयका अनुपस्थित आदरणीय शिक्षक साथीहरूलाई वडा शिक्षा समिति र स्थानिय बुद्धिजीविको बैठकले ट्रेड युनियन अन्तर्गतको अधिकार प्रयोग गरी नेपाल सरकार सँगको मागका सन्दर्भमा आन्दोलनको स्वरुप परिवर्तन गरी २ दिन भित्र उपस्थित भई विद्यालयमा पठनपाठनलाई असर नपर्ने गरी रचनात्मक विरोधका कार्यक्रम गर्नुहुन निर्देशनात्मक जानकारी गराइन्छ ।"

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क