सुनसरी / दुहबी नगरपालिका- ७ भलुवा चोकमा सिटी सफारीको ठक्करबाट स्थानीय ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
शनिबार दिउँसो १२ बजे दक्षिणबाट उतरतर्फ जाँदै गरेको प्र ०१–०२–००२ ह ८४९८ नम्बरको सिटी सफारीले बाटो क्रस गर्दै गरेकी स्थानीय महेन्द्र पासवानको ५ वर्षीया छोरी आषिका कुमारी ऋषिदेवलाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा विराट नर्सिंङ होम विराटनगरमा उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको हो। सवारी चालकलाई प्रहरीले पक्राउ गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…