इन्फो नेपाल — सञ्चारको सञ्जाल

दूधको मूल्य प्रतिलिटर साढै नौ रुपैयाँ बढ्यो

काठमाडौं- सरकारकाले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय गरेको हो । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको जनाइएको छ । यसअघि २०६७/६८ देखि २०७८ सम्मको १० वर्षमा ७ पटक दूधको मूल्य बढाइएको छ । २०६७/६८ मा किसानले प्रतिलिटर दूधको मूल्य ३४ रुपैयाँ ६८ पैसा र उद्योगीले ४८ रुपैयाँ पाउने गरी बढाइएको थियो । गत वर्ष माघ २८ गते सातौं पटक दूधको मूल्य बढ्दा किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा पुगेको थियो भने उपभोक्ताले तिर्ने मूल्य ८६ रुपैयाँ पुगेको थियो । १० वर्षमा किसानले पाउने मूल्य ६१ प्रतिशतले बढ्दा उद्योगीले पाउने मूल्य भने ७९ प्रतिशतले बढेको थियो । यसपटक किसानका लागि कम्तीमा ७ रुपैयाँ र बढीमा १० रुपैयाँ बढाउन प्रस्ताव गरिएकोमा सरकारले ९ रुपैयाँ १ पैसा बढाएको छ ।

सम्बन्धित समाचार

आइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई…

इन्फो डेस्क

शिक्षण पेसाबाट व्यावसायिक कृषिमा फड्को : हेटौँडाका फेन्चु लामाको वार्षिक ३६ लाखको उत्पादन

हेटौँडा । उच्च शिक्षा हासिल गरेपछि अधिकांश युवाको रोजाइ जागिर वा वैदेशिक रोजगारी बन्ने गरेको छ। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी आदामारका ३७ वर्षीय फेन्चु लामाले श…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विश्व स्कुल दूध दिवस मनाईंदै

मकवानपुर । आज (सेप्टेम्बर ३०) 'विश्व स्कुल दूध दिवस' विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विद्यालयमा दूधको महत्त्वबारे चेतना फैलाउने र बालबालिकालाई दूध सेवनमा प्रोत्साहन गर्ने उद्देश्य…

इन्फो डेस्क