इन्फो नेपाल — सञ्चारको सञ्जाल

दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भाँचिँदा आवतजावत पूर्ण रूपमा ठप्प

काठमाडाैँ । कञ्चनपुरस्थित महाकाली नदीमाथि रहेको प्रसिद्ध दोधारा–चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। नदीमा पानीको बेग बढेका कारण बुधबार बिहान पुलको पिल्लर भत्किएर क्षति पुगेको हो।

​भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने यो पुलको झण्डै ६ मिटर भाग मर्मत गर्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। घटनालगत्तै सुरक्षाका लागि सो क्षेत्रमा प्रहरी टोली खटाइएको छ।

​अहिले पुलबाट जोखिम बढेकाले उक्त बाटो भएर आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकलाई आग्रह गरेको छ। भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराका अनुसार प्राविधिक टोलीले आएर पुलको स्थलगत निरीक्षण गर्ने तयारी भइरहेको छ।

​महाकाली नदीमा पानीको बहाव घटबढ भइरहँदा पुलको संरचनामा लगातार असर पुग्दै आएको थियो। १ हजार ४५२.९६ मिटर लामो यो पुल नेपालकै सबैभन्दा लामो पैदलयात्री झोलुङ्गे पुलमध्ये एक मानिन्छ। दुई दशकअघि यो पुल निर्माण हुनुअघि दोधारा–चाँदनीका बासिन्दा सदरमुकाम महेन्द्रनगर आउन भारतको बाटो प्रयोग गर्न बाध्य थिए।

सम्बन्धित समाचार

बझाङमा अटोरिक्सा दुर्घटना : एकै परिवारका ४ जनाले ज्यान गुमाए

बझाङ। बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा आज (सोमबार) बिहान भएको अटोरिक्सा दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जा…

इन्फो डेस्क

बडीमालिकामा हिमपातमा फसेका एक पर्यटकको हेलिकप्टरमार्फत उद्धार, अर्का युवा अझै सम्पर्कविहीन

बाजुरा । बाजुराको बडीमालिका क्षेत्रमा भारी हिमपातपछि अलपत्र परेका दुईमध्ये एक पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। ​अत्यधिक हिउँ परेपछि ४ हजार २ मिटर उचाइमा रहेक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

बडीमालिकामा भारी हिमपात,दुई पर्यटक सम्पर्कविहीन

बजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पुगेका कञ्चनपुरका दुई पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्। बडीमालिका भगवतीको दर्शन र भ्रमणका लागि पुगेका कञ…

इन्फो डेस्क