इन्फो नेपाल — सञ्चारको सञ्जाल

बझाङमा अटोरिक्सा दुर्घटना : एकै परिवारका ४ जनाले ज्यान गुमाए

बझाङ। बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा आज (सोमबार) बिहान भएको अटोरिक्सा दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा सडकबाट करिब ९०० मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

​दुर्घटनामा बुङ्गल नगरपालिका–१० की राजमति महरा, उनका ७ वर्षीय छोरा रियास, २ वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। अटोरिक्सामा सवार सोही परिवारका १३ वर्षीय विक्रम महरा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले जानकारी दिए।

​वडा नम्बर १० का अध्यक्ष प्रेम ओखेडाका अनुसार मृतकहरू चाडपर्व मनाएर डडेल्धुरातर्फ जाँदै थिए। स्थानीय शिक्षक दीपक महराले एकै दुर्घटनामा श्रीमती, छोरा, छोरी र भतिजी गुमाएका छन्।

​दीपकले यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालय बडालमा अध्यापन गराउँदै आएका थिए भने छोरा रियास र भतिजी तारा सोही विद्यालयमा अध्ययनरत थिए। गत साउनमा दीपकको बुङ्गल नगरपालिका–८ स्थित सत्य माध्यमिक विद्यालय तोलीचौरमा सरुवा भएको थियो।

​प्रहरीले दुर्घटनाग्रस्त अटोरिक्साका चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

सम्बन्धित समाचार

बडीमालिकामा हिमपातमा फसेका एक पर्यटकको हेलिकप्टरमार्फत उद्धार, अर्का युवा अझै सम्पर्कविहीन

बाजुरा । बाजुराको बडीमालिका क्षेत्रमा भारी हिमपातपछि अलपत्र परेका दुईमध्ये एक पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। ​अत्यधिक हिउँ परेपछि ४ हजार २ मिटर उचाइमा रहेक…

इन्फो डेस्क

बडीमालिकामा भारी हिमपात,दुई पर्यटक सम्पर्कविहीन

बजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पुगेका कञ्चनपुरका दुई पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्। बडीमालिका भगवतीको दर्शन र भ्रमणका लागि पुगेका कञ…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भाँचिँदा आवतजावत पूर्ण रूपमा ठप्प

काठमाडाैँ । कञ्चनपुरस्थित महाकाली नदीमाथि रहेको प्रसिद्ध दोधारा–चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। नदीमा पानीको बेग बढेका कारण बुधबार बिहा…

इन्फो डेस्क