इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटा नगरमा कीटजन्य रोग नियन्त्रणको समीक्षा

सुनसरी / धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ । धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्धी एक दिने समीक्षा कार्यक्रम गरेको हो । कार्यक्रममा धनकुटा नगर क्षेत्रमा डेंगु, स्क्रवटाइफस, मलेरिया, कालाजार जस्ता कीटजन्य रोगको प्रभाव सम्बन्धी छलफल गरिएको छ । लामखुट्टे, किर्ना, भुसुना लगायतको टोकाइबाट सर्ने यस्ता कीटजन्य रोगको नियन्त्रणका लागि गरिएका प्रयास र उपलब्धीको समीक्षा पनि गरिएको छ । धनकुटा नगरमा केही महिना अघि १९० जना भन्दा बढीमा डेंगु रोगको संक्रमण र १३ जनामा सक्रवटाइफसको संक्रमण देखिएको थियो । अहिले उनीहरु सबै निको भइसकेकाले नगर क्षेत्रमा कीटजन्य रोग रोकथामको प्रयास प्रभावकारी देखिएको धनकुटा नगरपालिकाका स्वास्थ्य उपशाखा प्रमुख भोजराज भण्डारी बताए । धनकुटा नगर क्षेत्रमा २७ जना स्वास्थ्यकर्मी र ४५ जना महिला स्वास्थ्य स्वयंसेवक कार्यरत छन् । उनीहरूलाई पूर्ण खोप सुनिश्चितताको दिगोपनका लागि सक्रियतापूर्वक भूमिका निर्वाह गर्न पनि कार्यक्रममा आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता