इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुष शंकास्पद अवस्थामा मृत फेला, एक जना नियन्त्रणमा

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्। स्थानीय करिब ६० वर्षीय रामजतन यादव (म्यानेजर) आज (सोमबार) बिहान ६ बजे पोखरीमा मृत फेला परेका हुन्।

​जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता ओम प्रकाश खनालका अनुसार यादव आइतबार पोखरीमा छठघाट बनाएर एक्लै रुङ्न बसेका थिए। बिहान मृत भेटिएका उनको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ।

​प्रहरीले घटनास्थल नजिकै पोखरीको पानीमा परालको कुटी काट्ने दाउसमेत फेला पारेको छ। घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको डीएसपी खनालले जानकारी दिए।

​प्रारम्भिक अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएकोले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। सोधपुछ तथा थप अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना: एक वृद्धाको मृत्यु, दुई घाइते

राैतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। ​आज बिहान करिब १…

इन्फो डेस्क

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

काठमाडाैँ। नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी एमालेका चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएसँगै एमाले सरकारबाट अलग भएको हो। ​एमाले संसदीय दलको निर्देशनअ…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सप्तकोशीको बाढीले सप्तरीका पाँच सय घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी । लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा बाढी आउँदा सप्तरीका करिब ५०० घर डुबानमा परेका छन्। बाढी बस्तीमा पसेपछि दुई हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्। ​शुक्…

इन्फो डेस्क