इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानका मेयरलाई कति घैला बोकाउनु, कोशीबाट पम्पिङ गरेर वा तमोरबाट टर्नेल गरेर भएपनि पानी खुवाउँछौं : केपी ओली

सुनसरी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौदेखि काकाकुलको समस्या झेल्दै आएका धरानबासीलाई चुनावमा भोट खसाल्ने बेलामा कोशीको पानी धरान ल्याएर जसरी भएपनि खुवाउने भन्दै चुनावी कार्ड फालेका छन् । वर्षौदेखि दलहरुको चुनावी भाषण र प्रतिबद्धता मात्रै जनाउने तर पनि पानीको समस्या कहिल्यै पूरा नगर्ने गर्दा पानीको समस्या झेल्दै गरेका धरानबासीलाई कोशीको पानी पम्पिङ गरेर धरान ल्याएर खुवाउने ओलीको भनाइ थियो । धरानमा आयोजित नेकपा एमाले तथा जसपा नेपालको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उनले भने जसरी पनि कोशीको पानी ल्याएर धरानबासीलाई खुवाउने बचन दिएर फर्किए । ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा । कसको घरमा खानेपानी पुरयाउने ?’ उनले थपे, ‘उनले मंसिर ४ पछि आयोजना शुरू गरेर काम गर्नेछौं, त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ ?’ उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिन , ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाने, तपाईंहरू ढुक्क हुनुस्,‘नगरको बजेटले त्यो आयोजना हुन्छ त, हुँदैन । तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन ।’ उनले तमोरको पानी यासोकमा लगेर खुवाएको हुनाले यो सम्भव र पत्याउने कुरा रहेको पनि बताए । उनले तमोरको विशाल ट्याङ्की बनाएर अथवा टर्नेल गरेर ल्याउन सकिने पनि , उनले त्यसको लागि सर्भे पनि गराउने, चाहे डाँडो कटाएर होस्, चाहे डाँडो छेडेर होस्, जसरी भएपनि धरानलाई पानी पर्याप्त खुवाउँछौं ।’उनले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेकोले कम्युनिष्ट विभाजित भएको र उनीहरुले एमाले नै कब्जा गर्न खोजेको समेत बताए । नेकपा एमाले- जसपाको गठबन्धनबाट सुनसरी क्षेत्र नम्बर १ का लागि हाइ प्रोफाइलका नेता अशोककुमार राई प्रतिनिधिसभा सदस्य र रमेश बस्नेत प्रदेशसभा सदस्य (सुनसरी क तर्फ) र विजय राई (सुनसरी ख तर्फ) प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क