इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा चलेको गायक गायिका कन्सर्टको लहर

इटहरी / धरानमा धमाधम कन्सर्ट हुन थालेका छन् । कोरोना कहरपछि यसअघि धरानमा कुनैप्रकारका साङ्गीतिक कार्यक्रम हुन सकेन त्यसै कारण यस वर्ष भने धेरै कन्सर्ट, साङ्गीतिक कार्यक्रममा धराने दर्शक दिल खोलेर झुमे छ । यसअघि रविन एण्ड द न्यू रेभुलुसनले धरान तताइसकेको छ छ भने अहिले पनि धमाधम कन्सर्ट भइरहेका छन् । यसैबीच शनिबार राति युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारीले धरानका दर्शक झुमाएका छन् । शनिबार धरानस्थित पब्लिक हाइस्कुलमा आयोजित कन्सर्टमा अधिकांश युवापुस्ताहरुको उपस्थिति थियो । २ सय रुपैयाँ गेट पास राखिएको कार्यक्रममा रचनाको गीत शुरु हुन थालेको थियो । दर्शकले पब्लिक स्कुलको खेल मैदान टम्म भरिएको थियो । ‘हैट दर्शक त आए’, आयोजक संस्था सिल्भर इन्टरटेन्टमेण्टका सौरभ श्रेष्ठले भने, ‘कोरोना कहरपछिको यतिको दर्शक पहिलोपल्ट हो ।’ उनका अनुसार यसअघि पनि सिल्भरले नै कन्सर्ट आयोजना गरेको थियो । ‘नेपाल आइस मनोरन्जन धमाका २०२२’ नाम दिइएको कन्सर्टमा तीन कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिए । साँझ साढे पाँच बजेदेखि हुने भनिएको कार्यक्रम करिब साढे ७ बजे मात्रै शुरु भएको थियो । यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता अस्मिता अधिकारीले पनि आधुनिक, पप तथा फिल्मी गीत गाएर दर्शक झुमाइन् । नेपाल आइडल सिजन ३ को टप ८ सम्म पुगेकी रचना रिमालले फोटो फिरिममा, उनको प्रित लगायतका गीत गाइन् । कार्यक्रममा विभिन्न आकर्षक नृत्य समेत प्रस्तुत भयो । नेपाल आइस बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह–प्रायोजन रहेको भब्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट, एनएचडीडी स्टुडियो, जेन्टलमेन अनलाइन टिभी, बराह ग्रप, एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र लोक जगत मोटर्सको विशेष सहयोग रहेको थियो । भब्य साउण्ड र लाइटसहितको कन्सर्टमा सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति थियो । यो खबर हाम्रो कोशी आवाजमा रहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क