इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा ट्रक र स्कुटर एकापसमा ठक्कर भइ दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु

सुनसरी / धरानमा ट्रक र स्कुटर एकापसमा ठक्कर भइ दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु भएको छ । धरान वडा नम्बर -८ स्थित लाङ्घाली चौकमा आज बिहान ५ बजेर ३०मिनेटमा मालवाहक ट्रक र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा इटहरी वडा नम्बर - ९ का ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान जाँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर - ९ घर भएका ५० वर्षीय टेकबहादुर राई गम्भीर घाइते भएका छन् । उनको प्रतिष्ठानमै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीक…

इन्फो नेपाल संवाददाता

साउन २२ गते मङ्गलवारको भाग्यफल

मेष, मिथुन, कर्कट र वृश्चिक राशिका लागि सकारात्मक दिन। मेषलाई हैसियत बृद्धि, मिथुनलाई आम्दानी वृद्धि, कर्कटलाई प्रसिद्धि र सम्मान, वृश्चिकलाई कारोबारमा फाइदा हुनेछ। सिंह, तुला, धनु…

ज्यो. प. धुर्वराज सुबेदी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

त्रिशूली दुर्घटनामा बेपत्ता युवतीको कुशको शव बनाइ अन्त्येष्टि

बारा | गत शुक्रबार चितवनको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएकी एक युवतीको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। त्रिशूली नदीमा बससँगै खसेको आठ दिनपछि पनि फेला नपरेपछि बाराक…

इन्फो नेपाल संवाददाता