इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु: मेयर साम्पाङ

काठमाडौँ : धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा फोहोर नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै रानको ल्याण्डफिल साइटमा भएको फोहोरलाई देखाएर गतल सूचना सम्प्रेषण दिएको बताए । सामाजिक सञ्जालमा आएका धरानमा फोहोर व्यवस्थापन नभएको भन्ने खबर झुटो भए भन्दै उनले इटहरी दुर्गन्धित भनेर आएको खबर पनि झुटो भएको बताए। फेसबुक लाइभमा बोल्दै हर्कले कसैले बाटोमा फोहोर फालेको खण्डमा फोहोर फाल्नेलाई जरिवाना तिराउने बताएका छन् ।धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउने पनि बताए । बालेनले उनको बिरुद बोल्न मिडिया परिचालन गरेको समेत आरोप लगाए । उनले भने "फेसबुककै लागि करोडौ छुत्यौनेले केही त अब गर्या होलान" । जाबो फोहोर ब्यबस्थापन गर्न नसक्नेले ठुलो गफ गरेर हुन्छ भन्दै उनले बालेनलाई प्रश्न पनि गरेका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क