इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरान स्थीत सेउती बगरमा फेला परेको श´वको पहिचान खुल्यो

सुनसरी /धरान ५ स्थित सेउती खोला बगरको किनारमा हिजो बिहीबार बिहान फेला परेको श´वको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार श´व धरान ११ विष्णुचौक ठाडो सोलिङका ३१ वर्षीय सन्दीप लम्जेल भन्ने पहिचान भएको छ । उनी बुधवार को२८प २५६८ नम्बरको ड्युक मोटरसाइकलमा साँझ ७ बजे तिर साथीसँग भेट्न जान्छु भनेर घरबाट हिँडेको परिवारले बताएका छन् । मृ´तक लम्जेल परिवारको एक्लो छोरो हुन् । शवको पहिचान भए सँगै अनुसन्धान पनि अघि बढेको प्रहरी निरीक्षक रायले बताए । बिहीबार बिहान करिब साढे ५ बजे सेउती खोलाको बगरमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । शवको गर्धनको पछाडि भागमा धारिलो हतियारले काटिएको छ भने टाउको, शरीरको ढाँडमा समेत धारिलो हतियारले काटेको र घोचेर चोट बनाएको अवस्थामा भेटिएको थियोे । आज शुक्रबार शव पहिचान खुलेसँगै पोस्टमार्टम हुने भएको छ । उनलाई अन्त कहीँ ह´त्या गरेर बगरमा फालिएको हुन सक्ने भन्दै इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठको टोली, प्रदेश प्रहरी र सङ्घीय प्रहरी अनुसन्धानमा संलग्न रहेका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क