इन्फो नेपाल — सञ्चारको सञ्जाल

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको धरानको बुढासुब्बा मन्दिरमा

धरान : धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर स्थित बुढासुब्बा मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदैँ गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारत लगायत विभिन्न देशबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तीर्थालुहरू बढ्दै गएका छन् । विजयपुर क्षेत्रमा थुप्रै मठ मन्दिरहरु छन् । अन्य मन्दिरहरुको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारीहरु बताउँछन् । वरिपरि टुप्पो बिनाको बाँसका झ्याङ, न कुनै देवताको मुर्ती छ, न कुनै देविको नै प्रतिमा छ । सुन्दा पनि अचम्म लाग्ने । माटोको ढिस्को, धमिराले घर बनाए जस्तो देखिन्छ । देख्दा समान्य लाग्ने यो मन्दिरले आफ्नो छुटै इतिहास र बिशेषता बोकेको छ । तर, पछिल्लो समय बुढासुब्बा मन्दिर परिषरमा रहेका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका टुप्पो बिनाको बाँसहरूले तामा हान्न छाडेका छन् । बाँसले तामा हान्न छाडेपछि यहाँका स्थानीय सरकार, राजनीतिक दल, बुद्धिजीवी तथा स्थानीयबासीहरू संरक्षण गर्न लागि परेका छन् । मेयर तिलक राईको नेतृत्वमा सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, राजनीतिक दलका प्रतिनिधि र स्थानीयबासीहरूले स्थलगत निरीक्षण गरेका छन् । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बाँसहरूको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि वनस्पति सम्बन्धिका विज्ञको रायअनुसार स्तरोन्नति गरिने मेयर राईले बताए । मेयर राईले धार्मिक तथा ऐतिहासिक महत्व बोकेका बाँसको संरक्षरण गर्ने कार्यमा धरान उपमहानगरपालिका लागि पर्ने बताए । मन्दिर आसपासमा भएका बाँसमा पहिला–पहिला नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी–प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किम्बदन्ती रहेकोले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे । तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । अहिले बुढासुब्बा मन्दिरमा पूजा गरी बाँसमा धागो बाँध्ने चलन छ । यसरी धागो बाँध्दा प्रेमी–प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने विश्वास छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क