इन्फो नेपाल — सञ्चारको सञ्जाल

नक्कली प्रचण्ड , तेमाल गाउँपालिका अध्यक्षको चुनावमा उठ्दै

सुनसरी / काभ्रेपलान्चोक जिल्लामा जन्मिएका प्रदिप पाठक (नक्कली प्रचण्ड) अहिले नेकपा एमालेको काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको अध्यक्षमा चुनाव उठ्दै छन् । उनको वास्तविक नाम भने प्रदिप पाठक रहेको छ । नेपाली हाँस्य जगतमा चर्चित पात्र हुन कलाकार प्रदिप पाठक (नक्कली प्रचण्ड ) उनी सानै देखि अभिनयमा लागेका थिए । धेरैले उनीलाई प्रचण्डको क्यारिकेचर गरेर दर्सकलाई मनोरञ्जन दिएका उनी कतिपय दर्सकले माओबादिकै पार्टीका हुन कि भनेर नि भन्छन् तर वास्तवमा उनी एमाले बाट आफ्नै गाउँको जन्मथलो काभ्रे जिल्लाको तेमाल गाउँपालिका अध्यक्षमा चुनाव लड्दै छन् । सब परिवार एमालेमा रहेका कलाकार पाठक पनि सानै स्कुले जीवन देखिनै एमाले मै रहेछन । रोल माओबादिको गरेतापनी एमालेका हरेक कार्यक्रममा पुगेको उनिले बताए । सबैको सल्लाह अनुसार उनी एमाले बाट आफ्नै गाउँपालिका बाट चुनाब लड्दै छन्। उहाँ भन्छन मलाइ जसरी कलाकारितामा दर्सकहरुले मन पराइदिनु भयो, आफ्नै गाउँपालिकाका जनताहरुले नै मलाइ जिताउनु हुनेछ भन्ने पूरा बिश्वास बताए । (नक्कली प्रचण्ड) प्रदिप पाठक दर्जनौ सिरियलमा साथै ४-५ वटा फिल्ममा समेत काम गरिसकेको छु भनेर बताए । उनले १२ वर्षे नामक चलचित्र पनि लेखन निर्माण गर्नुभयो भने उहाले आफैले निर्देशन गरेको फिल्म ठुलो माछा पनि रिलिजको तयारिमा रहेको छ । उनीले पछिल्लो समयमा च्वास्स पिरो सिरियलमा अभिनय पनि गर्दै आएको छु भनेर बताए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क