इन्फो नेपाल — सञ्चारको सञ्जाल

नायक पल शाहले भने, ‘म अर्काको जुठो खाँदिन ‘

काठमाडौ । अभिनेता पल शाह निकै ब्यस्त छन् । फिल्मको काम नभएपनि उनी म्युजिक भिडियोमा भने निकै ब्यस्त देखिन्छन् । कोभिडको समयमा उनले सबैभन्दा धेरै म्युजिक भिडियोमा काम गरे । उनी चर्चित एवं लोकप्रिय नायक पल शाहले आफूले अरुको जुठो नखाने बताए । उनले खानाको बारेमा कुरा गर्दै यस्तो बताएका हुन् । घरमा पनि परिवारका सदस्यलाई एक अर्काको जुठो नखान भन्ने गरेको पनि उनले सुनाए । राजधानीको एक रेस्टुरेन्टको उद्घाटनमा उनले खाने ब्यवहारका बारेमा कुरा गरेका हुन् । अरुको जुठो खान नहुने र गुलीयो त झन खान नहुने उनको भनाई छ । सञ्चारकर्मीको प्रश्नमा नायक शाहले आफूलाई छायाँकनको क्रममा धेरैपटक भोक लागेर रोएको पनि बताए । लगातार काम हुँदा भोक लागेको बेलामा खान नपाएकाले आँशु आएको अनुभव सुनाए । ‘कतिपय स्थानमा छायाँकनको क्रममा भोक लागेर आँशुसमेत आएको छ,’ उनले भने, ‘म्युजिक भिडियो वा अन्य केही कामको बेलामा असाध्यै भोक लागेको हुन्छ, त्यस्तो बेलामा एक–दुईपटक रोएको छु ।’ नायक शाहले आफूले कामका बेलामा जस्तो खाना पाइन्छ त्यसैमा चित्त बुझाउने गरेको पनि बताए । आफ्ना लागि छुट्टै खानाको अर्डर नगर्ने उनले सुनाए । कहिले काँही २४ घण्टामा एक पटक पनि खाना खाने गरेको उनको भनाई छ । खानामा गुनासो नगर्ने भएकाले सबैले आफुलाई सन्तोकी भन्ने गरेको पनि बताए

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता