काठमाडौं । मुलुकभर डेंगु रोगका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ ।
डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ ।
साथै हालसम्म नेपालभर २२ हजार ९८८ जनालाई डेंगु रोगी देखिएको मन्त्रालयने जनाएको छ । हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म बागमतीमा १७ हजार ७३१ जनामा डेंगु देखिएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेश २ हजार ८२१ जना, सुदूर पश्चिममा ७७७ जना, प्रदेश १ मा ५९१ जना, गण्डकीमा ५१५ जना, मधेश प्रदेशमा ३२३ जना र कर्णाली प्रदेशमा २३० जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।
बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…
हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…
Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…
काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…