इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: आज देशैभर पालिका तहको अधिवेशन हुँदै

हेटौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशैभरका पालिका तहमा अधिवेशन अधिवेशन हुँदैछ। पार्टीको स्थानीय सांगठनिक संरचना निर्माणका लागि गाउँ तथा नगरपालिकाहरूमा अधिवेशन आयोजना गरिएको हो।

​कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही हिमाली र बाढीप्रभावित क्षेत्रबाहेक अधिकांश जिल्लाका वडाहरूमा वडा अधिवेशन सम्पन्न भइसकेको छ। बाढीपहिरोका कारण प्रभावित बनेका नुवाकोट र धादिङका सबै वडामा मंगलबार वडा अधिवेशन सकिएको छ भने मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका रोकिएका वडा अधिवेशन पनि सम्पन्न भएका छन्।

बाढीले बढी क्षति पुर्‍याएको रसुवामा भने केही दिनपछि मात्रै अधिवेशन गराइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

​पार्टीको नयाँ विधान र निर्वाचन निर्देशिकाबमोजिम आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा ५ जना पदाधिकारी चयन हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ। कार्यसमितिको कोषाध्यक्ष भने निर्वाचित सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान छ।

नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क