इन्फो नेपाल — सञ्चारको सञ्जाल

पत्रकार बन्जरा बलात्कार अभियोग : रास्वपा देखी पत्रकार महासंघ सम्मको बिज्ञाप्ती

मकवानपुर: मकवानपुरका पत्रकार ईन्द्रप्रसाद बन्जारा (रमेश) बलात्कारको अभियोगमा पक्राउ परेको १६ दिन पुगेको छ। यसैबीच बलात्कार जस्तो जघन्य अपराधसम्बन्धी मुद्दामा ध्यानाकर्षणपत्र भन्दै बिभिन्न ४ ओटा बिज्ञाप्ती सार्वजनिक भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समितिले जघन्य अपराधको मुद्दामा अनुसन्धान जारी रहँदा निष्पक्ष छानविनको माग गर्दै विज्ञप्ति निकालेका छन् । महासंघको सदस्य समेत रहेका इन्द्रप्रसाद बन्जारा (रमेश) बलात्कारको अभियोगमा पक्राउ परेको १६औं दिनमा पत्रकार महासंघले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको हो । बन्जारा पक्राउ परेको १४औ दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षण बुझाएको थियो । पत्रकार बन्जारालाई फसाउन खोजियो: रास्वपा मकवानपुर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले सञ्चार माध्यममा आएका समाचार सीसीटीभी फुटेजका आधारमा बन्जारालाई सुनियोजितरुपमा फसाउन खोजको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “समाचारमा उल्लेख र अन्य सामग्री हेर्दा पत्रकार बन्जारालाई सुनियोजित रुपमा फसाउन खोजेको भन्ने जनगुनासो जनस्तरबाट आएको, घटना प्रकृतिहरु हेर्दा पुराना विभिन्न बदलाभाव जस्तो देखिएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” सभापति भरत पराजुलीले प्रहरीलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । “समाचार लेखेकै भरमा विभिन्न प्रपन्च रची फसाउन खोजेको भन्ने जनगुनासो आएकोले यस घटनाको सत्यतथ्य छानविन र अनुसन्धान सुक्ष्मरुपले र समयमै गर्न, गराउन राष्ट्रिय स्वतन्त्र पार्टी जोडदार माग गर्दछ ।” ध्यानाकर्षणपत्रमा उल्लेख छ । निष्पक्ष छानविन गर्न पत्रकार महासंघको माग  महासंघले निष्पक्ष छानविन गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी , नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समितिका अध्यक्ष मणिराज गौतम र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले छुट्टा छुट्टै विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ । तिनवटै  विज्ञप्तिमा बन्जारा पक्राउ परेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनी कारबाही र निर्दोषलाई न्याय दिलाउन प्रहरी प्रशासनसमक्ष माग गरिएको छ । घटनाका विषयमा विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला निकायसमक्ष पनि महासंघ मकवानपुर अध्यक्ष गौतमले विज्ञप्तिमार्फत् आग्रह गर्नुभएको छ । प्रहरीले अनुसन्धान गरिरहेको मुद्दामा सञ्चार माध्यममा सीसीटिभी फुटेज आएको उल्लेख गर्दै घटनाको दोहोरो छानविन गर्न समेत माग गरिएको छ । दबाबमा आएर विज्ञप्ति  विधिको शासनको पैरवी गर्ने महासंघले जघन्य अपराधमा प्रहरी, सरकारी वकिलको कार्यालय हुँदै न्यायालयले न्याय सम्पादन गर्ने अवस्था रहँदा रहँदै दबाबमा आएर विज्ञप्ति जारी गर्नु भविष्यमा संस्थागत सम्बन्धमा समेत वैमनस्यता सिर्जना हुने जोखिम रहेको मकवानपुरका पत्रकार तथा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ बताउछन । गत चैत ३० गतेका दिन एक महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै बन्जाराविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । प्रहरीले चैत ३० गते नै बन्जारालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क