इन्फो नेपाल — सञ्चारको सञ्जाल

पर्यटकको पखाईमा तेह्रथुमको चाङलुङ गुफा

तेह्रथुम - तेह्रथुमको छथर गाउँपालिकाको काखमा रहको चाङलुङ गुफाले पर्यटकलाई पर्खेर बसिरहेको छ । केही समय अघि सम्म पर्यटकले थाहा नपाएको गुफा अहिले स्थानीयले कानमा सुन्ने गरेका छन् । सुनैबरमा स्थानीय व्यक्तिहरू त्यहाँ पुग्दा रमाइलो लागेर प्रचार प्रसार जुटे अहिले स्थानीय देखि आन्तरिक पर्यटकले पनि थाहा पाएका छन् । धनकुटाको सिधुवादेखि सवारी साधनमा करिब १ घण्टामा पुग्न सकिने गुफा पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । आन्तरिक पर्यटकहरूको रोजाइमा रहेको गुफामा पछिल्लो समय दैनिक ५० देखि १ सयजना गुफा अवलोकनमा आउने गरेका छन् । खासगरी मेला पर्वहरूमा भने पर्यटकहरूको घुइँचो हुन गर्छ चारैतिर हरियाली वनको काखमा रहेको गुफासँगै निर्माणधीन भ्यूटावरमा पर्यटकहरू रमाउने गरेका छन् । गुफा क्षेत्रमा आवातजावात सहज बनाउनका लागि सिडी तथा रेलिङहरू निर्माण गरिएको छ । यो गुफामा दर्शन गरी भाकल गरे मनोकांक्ष पूरा हुने विश्वास रहँदै आएको छ । स्थानीय युवाहरूको सक्रिय तथा ताक्लुङ तक्मीनाक्ला संरक्षण समितिको अगुवाईमा गुफालाई संरक्षण सम्वद्र्धनमा जुटेपछि प्रचारमा आउन थालेको थियो । छथर गाउँपालिकाले गुफालाई पर्यटकीय रूपमा विकास गर्न बजेट पनि छुट्टाएको छ । अर्को तर्फ रकम विनियोजनपछि गुफामा भ्यूटावर निर्माण चारैतिर सिंडीहरू, चौतारीका साथै विभिन्न गुफाहरू पहिचान गरिएको छ । ढुंगैढुंगाको चाङ रहेको लिम्बू भाषामा चाङलुङको रूपमा भनिँदै आएको चाङलुङ अपभ्रंश भई गुफाको नाम ‘च्याङलुङ’ रहन गएको संरक्षण समितिका पूर्वअध्यक्ष सचिव कमानसिंह आंखेवाले बताए । यो गुफाबाट परापूर्वकालमा एकजना बिज्वानी र कुकुरसँगै छिर्दा बिज्वानी बीचैमा हराए पनि कुकुर भने सुदापकै डाँडेगौडा भन्ने स्थानमा निस्किएकाले गुफाको माथिल्लो भागलाई कुकुर छिर्ने भनिएको किंम्बदन्ती रहेको स्थानीयको भनाइ छ । गुफा परिसरमा पर्यटकहरूलाई आकर्षित गर्न विभिन्न पार्क निर्माण सुरु गरिएका छन् । गुफाको भ्यूटावरमा बाघको आकृति निर्माण भइरहेको छ । गुफाको प्रचारप्रसार संरक्षण तथा संवद्र्धनका लागि स्थानीय सरकारले रकम विनियोजनपछि भौतिक निर्माणका कामहरू गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । गुफालाई छथर क्षेत्रको मात्र नभई जिल्लाकै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकारले चासो राखेको अध्यक्ष लिम्बूले बताए । पर्यटन प्रवद्र्धनका सम्भावनाहरूको खोजी गर्दै गुफालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके पर्यटकहरू भित्र्याउन मात्र नभई यहाँका नागरिकहरूलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिनेछ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते