इन्फो नेपाल — सञ्चारको सञ्जाल

पशुपतिनाथको छत्रावली चोइटियो, अशुभको संकेत

काठमाडौं : पशुपतिनाथ मन्दिरको गजुरमा रहेको छत्रावली चो’इटिएको छ । मन्दिरमा बाँदरहरू चढ्ने, उ’फ्रने र ह’ल्लाउने गरेकाले छत्रावली चो’इटि’एको हुन सक्ने पशुपति क्षेत्र विकास कोषको भनाइ छ । छत्रावली चो’इटि’नुलाई संस्कृतिविद्ले अशुभको संकेत मानेका छन् । गजुरसँग दायाँबायाँ रहेको पाता छत्रावली हो । यसमा सुनको जलप लगाइएको हुन्छ । कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले पुरानो पनि भएको र बाँदरहरूले चलाइरहने भएकाले चो’इटि’एको हुनसक्ने जानकारी दिए । उनले भने, ‘अहिले खट बाँ’धेर माथि पुगी बाँ’धेर अ’ड्काउने काम भएको छ । मन्दिरको छानोबाट ख’सेर भक्तजनलाई कुनै चो’टप’टक नलागोस् भनेर सम्पूर्ण सुरक्षा अपनाइएको छ ।’ खट बाँ’धेर माथि पुग्नका लागि कोषका तर्फबाट क्षमा पूजा गरिएको थियो । एक साताअघि चो’इटि’एको छत्रावलीलाई मर्मत गर्नका लागि कोषले पुरातत्व विभाग र गुठी संस्थानलाई पत्राचार गरेको थियो । विभागका महानिर्देशक दामोदर गौतमका अनुसार छत्रावलीको अवस्था र त्यसको मर्मत वा पूरै नयाँ बनाउनेबारे विज्ञसहितको टोलीले छानबिन गरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको थियो । उनले मर्मत गर्दा हुने जानकारी कोषलाई गराएको बताए । कोषले कोषकै संस्कृति महाशाखाका प्रमुख डम्बरबहादुर कार्कीको संयोजकत्वमा विसेट नाइट अरुण बिसेट, पालोवाला भण्डारीहरू सहितको मर्मत समिति बनाएको छ । पशुपतिनाथका मूलभट्ट गणेश भट्टको निर्देशनमा छत्रावलीको मर्मत कसरी गर्ने भन्ने कार्यविधि बनाएपछि मर्मतको काम सुरु भएको छ । अहिले सशस्त्र र पहरा गणका दुई दुई जनाको २४ घण्टे सुरक्षा मन्दिरमा छ । संयोजक कार्कीले भाँ’चि’एको पाता फेर्ने र सोही आसपासबाट पानी चुहिने ठाउँ पत्ता लगाउने काम भएको जानकारी दिए । ‘गजुरसँगै रहेको छत्रावली चो’इटि’नु भनेको अशुभको संकेत हो,’ विसेट नाइके अरुण विसेटले भने, ‘गजुरको मुनिको भागमा पानी नछिर्ने गरी तामाको किलाले ठोकी पाताहरू मिलाएका छौं ।’ कोषका सदस्यसचिव डा. थापाले भने, ‘कालीगढमार्फत् चो’इटि’एको छत्रावली मर्मत गर्ने काम भइरहेको छ । नयाँ बनाउनु परे सय वर्षसम्म केही नहुने गरी बनाउने योजना बनाए पनि मर्मतले हुने भएपछि काम अघि बढेको छ। केही दिनमै सम्पन्न हुनेछ ।’अन्नपूर्ण पोष्टमा यो मा यो खबर छ ।’

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क