इन्फो नेपाल — सञ्चारको सञ्जाल

पशुपति मन्दिरको छानो चुहिएर क्षति पुग्न थालेको ५ वर्ष पुग्दापनि कसैको गएन ध्यान

पशुपतिनाथ मन्दिरको छानो चुहिएर संरचनामै क्षति पुग्न लागेपछि जीर्णोद्धार गर्नुपर्ने भनी नापजाँच भएको पाँच वर्ष भयो तर अहिले पनि जीर्णोद्धारको काम थालिएको छैन । सामान्य टालटुल गरेर तत्कालीन समस्या समाधान गर्ने प्रयास भएको छ ।वि।सं। २०७३ मा मन्दिर जीर्णोद्धार गर्नुपर्ने भई एक अध्ययन टोलीले मन्दिरको पहिलो तलाको भागमा नापजाँच गरेको थियो ।पशुपतिनाथ मन्दिरभित्र मुसाले विभिन्न स्थानमा प्वाल पार्दै गएको र दलिनसमेत फेर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदन टोलीले दिएको थियो । अध्ययनअनुसार जीर्णोद्धार गर्नुपर्नेमा अहिले मन्दिरको गजुर क्षेत्रको बिग्रिएको छत्रावली मात्र मर्मत कार्य गरिएको छ ।पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता डा। घनश्याम खतिवडाका अनुसार मन्दिरको पहिलो तलाको मात्र अध्ययन भएको हुँदा जीर्णोद्धार गर्न नसकिएको हो । त्यसैले अब दोस्रो तला समेतको नापजाँच हुनेगरी कार्य अगाडि बढाइएको छ । कहाँ के समस्या छ भन्ने जाँच गर्न पनि समस्या रहेको छ ।प्रचलनअनुसार वर्षको एक पटक बालाचतुर्दशीका दिन मात्र मन्दिरको माथिल्लो तलामा जान पाइन्छ । त्यसरी जान पाउने पनि पशुपतिनाथका बिसेट र भण्डारी मात्र हुन्छन् ।उनीहरूलाई सबै प्राविधिक ज्ञान हुँदैन । तथापि उनीहरूलाई सामान्य प्राविधिक विषयमा जानकारी गराएर पठाइन्छ । तर त्यो अपूर्ण नै हुने गर्छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।डा। खतिवडाका अनुसार पशुपतिनाथका पुजारीसमेत कहिल्यै जान नपाउने मन्दिरको छतको भित्री भागमा नाथका बिसेट र भण्डारी मात्र जान पाउने भएकाले जीर्णोद्धारका लागि मन्दिरको दोस्रो तलामा उनीहरूबाटै नापजाँच र अवस्था अवलोकन गर्नुपर्ने भएकाले यसमा समस्या देखिएको हो ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क