इन्फो नेपाल — सञ्चारको सञ्जाल

पशुहरूमामा फैलियो खोरेत रोग

बैतडी : जिल्लामा पशुहरुमा लाग्ने खोरेत रोग प्रकोप फैलिन थालेको छ। यहाँका विभिन्न स्थानमा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो। बैतडीका चार स्थानीय तहमा खोरेत रोग देखा परेको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए। पाटन नगरपालिका–५, दशरथचन्द नगरपालिका–७, मेलौली नगरपालिका–२ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो। उनले भने, ‘गाई, भैंसी, गोरु, बाख्रा लगायतका घरपालुवा जनावरमा खोरेत रोगको प्रकोपकै रूपमा देखिएको छ, रोगका कारण घरपालुवा पशु मर्ने समेत गरेका छन्।’ खोरेत रोग देखा परेका ठाउँमा रोग नियन्त्रणको लागि खोरेत रोगविरुद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अहिले गाउँगाउँमा पुगेर प्राविधिकले खोप लगाउन थालिएको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। भेटरनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोरेत रोगविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको छ भने सम्बन्धित पालिकाका प्राविधिकले खोप लगाउने काम गरिरहेका छन्। पशुहरूमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर हुनेलगायतका लक्षण देखा पर्ने गरेका छन्। रोग लागिसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठहरू सफा राख्ने, सरसफाइमा विशेष ध्यान दिन स्थानीय किसानलाई सुझाव दिइएको छ।

सम्बन्धित समाचार

आइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई…

इन्फो डेस्क

शिक्षण पेसाबाट व्यावसायिक कृषिमा फड्को : हेटौँडाका फेन्चु लामाको वार्षिक ३६ लाखको उत्पादन

हेटौँडा । उच्च शिक्षा हासिल गरेपछि अधिकांश युवाको रोजाइ जागिर वा वैदेशिक रोजगारी बन्ने गरेको छ। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी आदामारका ३७ वर्षीय फेन्चु लामाले श…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विश्व स्कुल दूध दिवस मनाईंदै

मकवानपुर । आज (सेप्टेम्बर ३०) 'विश्व स्कुल दूध दिवस' विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विद्यालयमा दूधको महत्त्वबारे चेतना फैलाउने र बालबालिकालाई दूध सेवनमा प्रोत्साहन गर्ने उद्देश्य…

इन्फो डेस्क