इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो, सातामा २१ हजारले गरे दर्शन

सुनसरी / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्कअनुसार घटस्थापनायता शनिबार बिहानसम्ममा २१ हजार ६३९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार घटस्थापनाको पहिलो दिन एक हजार १४८ जना दर्शनार्थी पाथीभरामा पुगेका थिए । त्यसपछि हरेक दिन एक हजारभन्दा बढी दर्शनार्थीले पाथीभराको दर्शन गर्दै आएका छन् । सप्तमी अर्थात् दसैँको फूलपातीको दिन शनिबार पाथीभराको दर्शन गर्ने दर्शनार्थीको सङ्ख्या सबैभन्दा बढी देखिएको उनले बताए । उनका अनुसार शनिबार बिहान ८ बजेसम्ममा तीन हजार २२५ जना तीर्थयात्री पाथीभराको दर्शन गर्न पुगेका थिए । मन्दिर परिसरमा दर्शनार्थीको अत्यधिक भिड लागेको र दर्शनार्थीले बिहान सबेरैदेखि दिउँसो ३ बजेसम्म लाइन लागेर देवीको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । दसैँ तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले घटस्थापनादेखि दर्शनार्थीको भिड लाग्ने गर्दछ । मुख्य सिजनमा मात्र नभई बाह्रै महिना पाथीभरामा तीर्थयात्रीको आगमन हुने गरेको समितिको तथ्याङ्क रहेको छ । अहिलेको मुख्य सिजन भएसँगै ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरीलगायत पूर्वी नेपालका जिल्लाबाट उल्लेख्यरूपमा तीर्थयात्री आएका छन् । यस्तै काठमाडौँसहित विभिन्न जिल्लाबाट र नेपालबाहिर भारतको दार्जिलिङ, सिक्किम, आसाम, पश्चिम बङ्गाललगायतबाट तीर्थयात्री आएका पनि पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क