इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथीभरा मन्दिरमा स्थापना दिवसको अवसरमा महापुजा

हेटौंडा । मकवानपुर जिल्लाको लोकप्रिय धार्मिक स्थल पाथीभरा मन्दिरमा स्थापना दिवसको अवसरमा महापुजा गरिँदैछ । हेटौंडा उपमहानगरपालिका-१ स्थित भैरवडाँडामा रहेको पाथीभरा माताको मन्दिरमा विभिन्न ठाउँका श्रद्धालुहरु आफ्नो दुःख पीडा हटाई खुशी र शुभ कामना लिएर आउने गर्दछन् । ताप्लेजुङमा रहेको पाथीभरा माताको मूल मन्दिरबाट २०६४ साल वैशाख १ गते पाथीभरा माताको मूर्ति ल्याइएको थियो । पाथीभरा मन्दिरका पिठाधिश गुरुदेवी दासले सपनामा माता आउने गरेको र उनलाई भैरवडाँडामा मन्दिर बनाउन आदेश दिइएको बताउदै आएका छन् । त्यसपछि मन्दिर निर्माणको शुरुवात भएको हो । मन्दिर स्थापना भएदेखि श्रद्धालुहरुको आस्था र विश्वास बढ्दै गएको छ । नि:सन्तानलाई सन्तान प्राप्ति र मनोकामना पुरा भएको श्रद्धालुहरु बताउँछन् । मन्दिरमा आउने सबै श्रद्धालु स्वयं देवीगर्भ बनी पूजा आराधना गर्ने गर्दछन् । चैत २५ गतेबाट नौ दिनसम्म महापूजा चल्नेछ । २५ गते उद्घाटन समारोह हुनेछ र कालभैरवको मन्दिर स्थापना पनि गरिनेछ । २६ गतेदेखि भागवत पुराणहरु पनि नियमित सुरु हुनेछन् । वैशाख १ गते पाथीभरा माताको स्थापना दिवस मनाइनेछ र विशेष पूजा गरिनेछ । रामनवमीको दिन घरबाट गंगाजल ल्याई माताको अभिषेक गरिनेछ । भजन प्रतिस्पर्धाको पनि आयोजना गरिनेछ र प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश: रु ७,५००, रु ५,००० र रु ३,००० पुरस्कार दिइनेछ । सबै प्रतिस्पर्धामा सहभागीलाई रु २,००० र प्रमाणपत्र प्रदान गरिनेछ । अष्टमी पर्वमा भने भव्य रुपमा विशेष पूजा गरिनेछ । चैत २६ गतेदेखि सुरु हुने महापूजा वैशाख ५ गते समापन हुनेछ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क