इन्फो नेपाल — सञ्चारको सञ्जाल

पालुङमा नेपाल जेसीजको ६० औं स्थापना दिवस उत्साहपूर्वक मनाइयो

हेटौँडा | नेपाल जेसीजको ६० औं स्थापना दिवसको अवसरमा पालुङ जेसीजले विविध कार्यक्रमहरू आयोजना गरी उत्साहपूर्वक मनाएको छ। असोज १ गते शनिवार, पालुङ जेसीजले जेसीआई मिसनमा केन्द्रित अन्तरक्रिया कार्यक्रम, दीप प्रज्ज्वलन र चियापान कार्यक्रम सम्पन्न गरेको छ।

पालुङ जेसीजका वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा आयोजित कार्यक्रममा "युवाहरूलाई नेतृत्व विकासका अवसरहरू प्रदान गर्ने जसले युवाहरूलाई सकारात्मक परिवर्तन सृजना गर्न सशक्त बनाउँदछ" भन्ने यस वर्षको जेसीआई मिसनमा केन्द्रित अन्तरक्रिया भएको थियो।

कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्षहरू, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र लगायत पालुङ जेसीजका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसरमा थाहा नगरपालिकाको थानाबजार स्थित बुद्ध चोकमा दीप प्रज्ज्वलन गरिएको र त्यसपछि चियापान कार्यक्रम आयोजना गरिएको पालुङ जेसीजका कोषाध्यक्ष सञ्जय गोपाली र उपाध्यक्ष एवं कार्यक्रम संयोजक नारायण कार्कीले जानकारी दिए।

नेपाल जेसीजको स्थापना ६० वर्ष अघि सन् १९६४ मा डा. भेषबहादुर थापाको अध्यक्षतामा भएको थियो। हाल नेपाल जेसीज अन्तर्गत १७८ शाखामा करिब १५ हजार युवा सदस्य रहेका छन्। युवाहरूको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता क्षमता विकासका लागि क्रियाशील यो संस्था नेपालका लगभग सबै जिल्लाहरूमा आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ।

पालुङ जेसीजको स्थापना सन् २००० मा हेटौंडा जेसीजको मातृत्वमा भएको थियो र यसले स्थानीय युवाहरूलाई नेतृत्व विकास र सामुदायिक सेवाका अवसरहरू प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क