इन्फो नेपाल — सञ्चारको सञ्जाल

पुलमा ठेकेदारको लापरबाही ।

२०७४ सालको स्थानीय तहको निर्बाचन पछि गाउगाउमा संघीय सम्रचना अनुसार करोडौं लागतमा बिकास निर्माणका कामहरुमा योजाना ल्याइन्छ । तर,सम्बन्धित निकाएको उचित अनुगमन र ठेगेदारहरुको चरम लापरबाही ,गुणस्तरहिन सामानको प्रयोगले थालिएका कामहरु कुनै बिचमै भत्किएको छ भने कति पय अलपत्र परेका छन । ठेकेदारहरुकै कमजोरीले गत मंसिर ११ गते भोजपुर जिल्लाको दक्षिणी क्षेत्र कावाखोलामा ५ करोड लागतमा निर्माण भैरहेको पक्की पुल निर्माणकै क्रममा भत्किएको छ । निर्माण सामाग्रीनै गुणस्तरहिन भएको प्राबिधिक अनुगमनले देखाएको छ । उचित अनुगमन नहुदा कतिपय कामहरु बेबारिसे बनेकाछन । धेरै पुलहरु बनिनसक्दै भत्किका छन। कतिपय बन्नै बाकी छ । यसको कारण नागरिकहरुलाई दैनिक कष्टकर बन्दै गएको छ । ठेकेदार हरुको चरम लापरबाहीले पुल भत्किएको स्थानीयहरुको आरोप छ । पुल सञ्चालनमा भए सङ्गै सदरमुकामबाट दक्षिणी क्षेत्र हुँदै तराई सम्म पुग्न सिधा हुनेथियो | तर,स्टमेट अनुसार पुल नहुदा पुल भत्किएको हुन सक्ने पुर्बधार बिकास कार्यलय भोजपुरका प्राबिधिक रुपेशदेबले बताए । उक्त पुलको लम्बाइ ४५ मिटर र चौडाइ ६ मिटर दुबै तर्फ १.२० मिटर पौदल हिंड्न् मिल्ने पुलको डिजाइन अबधी ८० बर्षको पुल भुकम्प प्रतिरोधि हुने स्टमेट थियो । यहाँ प्रदेश सरकारको पुर्ण लागतमा ८ वटा र प्रदेश सरकारको पहल तथा स्विस सरकारको अनुदान सहयोगमा २ वटा गरि १० वटा पुल निर्माण भैरहेको पुर्बाधार विकास कार्यलय भोजपुरले जनाएको छ । कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन। भोजपुरलाई उत्तर -दक्षिण जोड्ने लाक्ष्यका साथ कावाखोलामा पुल निर्माण भए पछि स्थानियहरुमा उत्साह थपिएको थियो । तर पुल निर्माणकै चरणमा ढलेपछी स्थानीय निराश बनेका छन ।

सम्बन्धित समाचार

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

तपाईं नझुकिनुहोस्, भोलि अप्रिल फुल्स डे!

काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…

इन्फो नेपाल संवाददाता