इन्फो नेपाल — सञ्चारको सञ्जाल

पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना विश्व कप फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल मैदानमा आज बिहान भएको खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइक र स्टिभन बर्घिअसले गोल गर्न सकेनन् । अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार बाहिर गयो । खेलको पहिलो हाफको ३५औँ र दोस्रो हाफको ७३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्यो । नेदरल्यान्ड्सले दोस्रो हाफको ८३औँ मिनेटमा र इन्ज्युरी समयको दशौँ मिनेटमा गोल गरी बराबरी गरेको थियो । अर्जेन्टिनाका मोलिना र कप्तान लियाेनल मेस्सीले गोल गरेका थिए । मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । नेदरल्यान्ड्सका वुट वेघोर्स्ट दुई गोल गरे । तर अतिरिक्त समयमा गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा पुगेको थियो । अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले गएराति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरेको थियो । निर्धारित समय गोलरहित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पाँच पटकको विश्व कप विजेता टोली ब्राजिल पराजित भयो ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क