इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन कार्यक्रम 'लौरो'का उम्मेदवारहरुले गरे अबरोध

हेटौंडाः आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा हिमालयन टेलिभिजनले हेटौंडामा शनिबार बिहान आयोजना गरेको निर्वाचन महासंग्राम बहस कार्यक्रमलाई लौरोकाका उम्मेदवारहरुले अवरोध गरेका छन् । हाम्रो नेपाल पार्टीका नेता र उम्मेदवारलाई मञ्चमा नराखेको भन्दै हाम्रो नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका दिपेन्द्र चन्द ठकुरी र मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका किशोर अर्यालसहितको समूहले कार्यक्रममा अवरोध गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि समेत अवरोध हुने गरी ठकुरीको समूहले टेलिभिजन कार्यक्रममा अवरोध गरेका छन् । प्रस्तोता राजेन्द्र बानियाँले कार्यक्रम सञ्चालन गर्न सुरु गरेलगत्तै ठकुरीले ठूला दललाई मात्रै मञ्च उपलब्ध गराएको आफ्नो दललाई अवसर नदिएको भन्दै कार्यक्रममा अवरोध गरेका थिए । प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा उनीहरुको अवरोधकै कारण करिब ९ मिनेटपछि प्रसारण नै रोकेर कार्यक्रम स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क