इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिता- भलिबलमा चितवन च्याम्पियन

चैत्र ३, २०७८, काठमाडौँ | प्रथम वाग्मती प्रदेश खेलकुदअन्तर्गत चितवनले बिहीबार भलिबल उपाधि जितेको छ । चितवन पुरुष/महिला दुवैमा च्याम्पियन बन्यो । पुरुष फाइनलमा चितवनले सिन्धुलीलाई २५–२१, २५–२१, २५–१९ को सोझो सेटमा हरायो । सिन्धुलीका सरोज हायु उत्कृष्ट खेलाडी भए । स्पाइकरमा नवीन महतो, सेटरमा मन्जिल गुरुङ, डिफेन्डरमा चिन्तामणि महतो र ब्लकरमा सुमन तामाङ उत्कृष्ट बने । उत्कृष्ट चारै चितवनका हुन् महिला उपाधि भिडन्तमा चितवनले रामेछापलाई २५–१३, २५–१८, २५–११ को सेटमा पन्छायो । चितवनकी आरती सुवेदी उत्कृष्ट खेलाडी बनिन् । स्पाइकरमा रामेछापकी सुनिता गौचन, सेटरमा चितवनकी जोसना महतो, डिफेन्डरमा रामेछापकी विमला सुनुवार र ब्लकरमा रामेछापकी प्रेममाया तामाङ उत्कृष्ट ठहरिए विजेतालाई वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, आयोजक वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुष/महिलामा समान १२ टिम भाग लिएका थिए पुरुष फुटबलमा दोलखा र ललितपुर सेमिफाइनल पुगेका छन् । दोलखाले भक्तपुरलाई ३–१ ले हरायो । विजेताका मिलन श्रेष्ठ, धिरज खत्री र रमेश भट्टराईले गोल गरे । अन्तिम चारमा दोलखाको भेट मकवानपुरसँग हुनेछ । ललितपुरले रामेछापलाई टाइब्रेकरमा ४–१ ले हरायो । निर्धारित समयको खेल १–१ बराबरीमा सकिएको थियो । सेमिफाइनलमा ललितपुरले धादिङको सामना गर्नेछ । पुरुष क्रिकेटमा ललितपुर र काभ्रे विजयी भए । ललितपुरले दोलखालाई सुपर ओभरमा पन्छायो भने काभ्रेले सिन्धुपाल्चोकमाथि ९ विकेटले जित पायो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क