इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश १ को मोरङमा सबैभन्दा धेरै म्यादी खटाइँदै, सुनसरीमा दुई हजार ६५ जना

सुनसरी / यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामध्ये मोरङमा सबैभन्दा धेरै म्यादी प्रहरी खटाइने भएको छ भने सुनसरीमा २ हजार ६५ जना खटाइँदै छ । दक्षिणको सिमानामा रहेको मोरङको भारतसँग खुला सीमा रहेको मोरङमा तीन हजार एक सय २३ जना म्यादी प्रहरी परिचालन गरिने भएको हो। खटाइनेमध्ये आठ सय २० जना महिला र दुई हजार तीन सय तीन जना पुरुष छन् भने मोरङपछि भारतसँग खुला सीमा रहेका झापा र सुनसरीमा खटाइने म्यादीको सङ्ख्या धेरै छ । झापामा दुई हजार नौ सय १६ र सुनसरीमा दुई हजार ६५ जना म्यादी प्रहरी परिचालन गरिने प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । सबैभन्दा कम म्यादी तेह्रथुममा परिचालन गरिने भएको छ भने निर्वाचन सुरक्षाका दृष्टिकोणले सामान्य जिल्लाभित्र परेको तेह्रथुममा चार सय ४६ जना मात्रै म्यादी खटाइने छ । उनका अनुसार इलाममा एक हजार तीन सय सात, खोटाङमा एक हजार ८६, उदयपुरमा एक हजार पाँच, पाँचथरमा नौ सय तीन, धनकुटामा आठ सय ५७, सङ्खुवासभामा आठ सय ५१, सोलुखुम्बुमा सात सय ९९, भोजपुरमा सात सय ६०, ताप्लेजुङमा छ सय ५३ र ओखलढुङ्गामा छ सय ३३ जना म्यादी परिचालन गरिने छ । एक सय ३७ वटा स्थानीय तह रहेको प्रदेश १ मा निर्वाचन सुरक्षाका लागि १७ हजार चार सय चार जना म्यादी खटाइने एसपी राईले बताए । प्रदेशमा चार हजार पाँच सय ३१ महिला र १२ हजार आठ सय ७३ जना पुरुष म्यादी खटिने उनले बताए । निर्वाचनका लागि प्रदेश १ मा एक हजार आठ सय ७७ मतदानस्थल र तीन हजार आठ सय ६३ वटा मतदान केन्द्र तोकिएका छन् । तीमध्ये तीन सय २१ वटालाई अति संवेदनशील र आठ सय ४१ वटालाई संवेदनशीलभित्र राखिएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क